News Portal

संखुवासभाको सिसुवाखोलामा आएको पहिरोले ८ घर बगायो, ११ जना बेपत्ता

हिमाली संचार संवाददाता
४८६ पटक
२०७७ आशाढ २८, आइतबार

संखुवासाभा । संखुवासभाको सिलिचोङ गाउँपालिका-१, सिसुवाखोलामा पहिरो जाँदा ८ घर बगाएको छ भने ११ जना स्थानीय बेपत्ता भएका छन् ।

अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । स्थानीय मध्ये ११ जनालाई पहिरोले बगाएर बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।  घटनास्थलमा सिसुवाबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिएका छन्। अहिले पनि भारी वर्षा भइरहेकोले उद्धार, घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

संखुवासभाको सदरमुकाम खाँदारीबाट पैदल एक दिनको दुरीमा  रहेको सिसुवाखोलामा घटना घटेको हो । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजाने तयारी, सदरमुकाम खादबारीमा थप प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तयारी अवस्थामा राखिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...