आज : २०२६-०६-२८, आइतबार

संखुवासभाको सिसुवाखोलामा आएको पहिरोले ८ घर बगायो, ११ जना बेपत्ता

संखुवासाभा । संखुवासभाको सिलिचोङ गाउँपालिका-१, सिसुवाखोलामा पहिरो जाँदा ८ घर बगाएको छ भने ११ जना स्थानीय बेपत्ता भएका छन् ।

अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । स्थानीय मध्ये ११ जनालाई पहिरोले बगाएर बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।  घटनास्थलमा सिसुवाबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिएका छन्। अहिले पनि भारी वर्षा भइरहेकोले उद्धार, घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

संखुवासभाको सदरमुकाम खाँदारीबाट पैदल एक दिनको दुरीमा  रहेको सिसुवाखोलामा घटना घटेको हो । मौसम खुल्नासाथ इटहरीमा भएको सेनाको हेलिकप्टर घटनास्थलमा लैजाने तयारी, सदरमुकाम खादबारीमा थप प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तयारी अवस्थामा राखिएको नेपाली सेनाले जनाएको छ ।