News Portal

  • पार्टी एकता जोगाउन संघर्ष गरिरहेको छु – अध्यक्ष प्रचण्ड

    हिमाली संचार संवाददाता
    ४०५ पटक
    २०७७ आषाढ २७, शनिवार

    काठमाण्डौ  । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई जोगाउन आफूले संघर्ष गरिरहेको बताएका छन्अ । अध्यक्ष प्रचण्डले शनिवार भरतपुर महानगरपालिका र माडी नगरपालिकाभित्र बाढी प्रभावित विभिन्न स्थानहरूकाे स्थलगत अवलोकन  पश्चात माडीमा आयोजित भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

    कोरोनाको परिवेश देखाएर केही तत्व पार्टी ध्वस्त बनाउन लागि परेको उहाँको भनाई थियो । ‘केही तत्व कहिले मलाई र कहिले प्रधानमन्त्री ओलीलाई उचाल्न सक्रिय छन्, तर हामी सधैं एक छौं, उहाँले भन्नुभयाे । उहाँले भन्नुभयो, ‘एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष गरिरहेको छु र पार्टी नफुटोस् भन्नेमा हामी सचेत छौँ ।

    उहाँले कार्यकर्ताहरुलाई पार्टी फुटिहाले जस्तो गरेर आरोप प्रत्यारोपमा नउत्री एकढिक्का हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओली र म पार्टी भित्र स्वच्छ प्रतिस्पर्धामा छौं । हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा म छैन ।’ यस क्षेत्रको जनप्रतिनिध समेत रहनुभएका अध्यक्ष प्रचण्डले राष्ट्रिय निकुञ्जले माडीमा पुर्याएको र, यस क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकास सम्बन्धि आफ्नो ध्यान रहेको बताउनुभयो ।

    अरु समान्य निर्वाचित सदस्यले जस्तो एक दुई वटा काम गरेर यस क्षेत्रबाट आफू फुत्केर जान सक्ने स्थानमा नभएकोले माडीको पूर्वाधार विकास हुनेमा विश्वस्त हुन उहाँले आग्रह गर्नुभयो । उहाँले माडी जाने बाटोमा पर्ने निकुञ्जमा आकाशे पुल बनाउने कुरामा सरकार र पार्टीमा छलफल भइरहेको बताउनुभयो । अध्यक्षले आकाशे पुलको अध्ययन र डिपिआरका लागि एक करोड रुपैयाँ बजेट छुट्याइएको समेत जानकारी दिएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...