News Portal

  • सुर्खेतमा जथाभावी वन फडानी, डिभिजन वन कार्यालय कार्यक्रममै ब्यस्त

    वन कार्यालय सुर्खेतले १ घन्टाको कार्यक्रममा झन्डै दुई लाख खर्च गर्यो

    हिमाली संचार संवाददाता
    ४३८ पटक

    २०७७ असार २३, मंगलबार
    सुर्खेत – डिभिजन वन कार्यालय सुर्खेतले आर्थिक बर्षको अन्त्यमा वातावरण संरक्षण गर्ने बहानामा एक घन्टाको कार्यक्रममा झन्डै दुइ लाख रकम खर्च गरेको छ।

    वातावरण तथा सरसफाइको नाममा कार्यालयले आफु निकटका सिमित व्यक्तीलाई एक होटलमा जम्मा पारेर एक घन्टाको १ लाख ७० हजार रकम खर्च गरेको पाईएको छ।

    कार्यालयले सम्पुर्ण सरसफाई र वातावरण विषय अन्तरक्रिया शिर्षक राखेर असारे बजेट खर्च गरेको हो।

    चालु आर्थिक वर्षभरी कुनैपनि कार्यक्रमको आयोजना नगर्ने कार्यालयले असार मसान्तमा बजेट खर्च गर्नकै लागी हतारहतार कार्यक्रम गरेर रकम खर्च गरेको छ।

    कार्यालयले कार्यक्रमको प्रभाकारीता सम्बन्धि कुनै मुल्याकङन नगरेर केही व्यक्तीहरुलाई होटलमा जम्मा गरेर बजेट खर्च गरेको छ।

    डिभिजन वन कार्यालय सुर्खेतले जिल्लामा वन फडानी तथा वातावरण प्रदर्शन दिनप्रतिदिन विनास भईरहदा कुनैपनि प्रभावकारी कदम चाल्न सकेको छैन।

    कार्यालयका प्रमुख गोविन्द्रप्रसाद दाहाल वन फडानी नियन्त्रण भन्दा होटलमा हुने यस्तै कार्यक्रम, खेलकुद गतिविधमा व्यस्थ हुने गरेका छन।

    सुर्खेतमा अहिले विभिन्न सामुदायिक वनहरुमा अवैद्ध रुपमा जंगल फडानी ठेकेदारहरुले कटानी गरेका रुखहरु घाट्गद्धी गर्नको लागी डोजर प्रयोग गरेर चुर्रे क्षेत्रमा भएको वन तथा वातावरण विनास गर्ने काम भईरहेको छ।

    सामुदायिक वनभित्र आफुखुशि बाटो खन्ने ट्याक्टर गुडाउने गर्दा सुर्खेतका धेरै जसो वनहरु बर्षादको समयमा डोजर लगाएर खनेका बाटोहरुले पहिरो जाने गरेका छन।

    अहिले त्यस्ता वनहरुमा रुखका साना विरुवाहरु विनास हुने गरेका छन भने अन्य रुखहरुसमेत नष्ट भएका छन।

    यसअघि पश्चिम सुर्खेतको बराहतालमा रहेको जनकल्याण सामुदायिक वन र सृजना सामुदायिक वनमा अवैद्ध रुपमा रुखकटानी हुदाँसमेत कार्यालय प्रमुख दाहालले अहिलेसम्म कसैलाई कारवाहीको दायरामा ल्याउन सकेका छैनन्।

    उल्टै कार्यालय प्रमुख दाहालले रुखकटानी गर्ने सामुदायिक वनका पदाधिकारीहरुको बच्चाउ गर्दै आएका स्थानिय नागरिहरुको भनाई छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...