News Portal

  • अधिकारको दुरुपयोग गर्ने अधिकृत पुर्पक्षका लागि जेल चलान

    हिमाली संचार संवाददाता
    ४७८ पटक

    २०७७ आषाढ २२, सोमवार/काठमाण्डौ – भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोप लागेका जिल्ला प्रशासन कार्यालय झापाका पूर्व प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि जेल चलान भएका छन्।

    वि.स.२०७२ मंसिर १० गते गलत विवरणको आधारमा भारतीयलाई नागरिकता बनाइदिएको अभियोगमा जिल्ला अदालत झापाले आचार्यलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो।

    झापामा बसेर व्यापार व्यवसाय गरेर बस्दै आएका भारतीय नागरिक मुस्तफा आलमलाई ज्यामिरगढी गाविसबाट सिफारिस लिई नेपाली नागरिकता बनाएको आरोपमा फरार रहेका आचार्य २० गते पक्राउ परेका थिए।

    जिल्ला अदालत झापाले गत मंसिर २ मा पक्राउ पुर्जी जारी गरेकोमा महानगरीय अपराध महाशाखाको समन्वयको जिल्ला टोलीले शनिवार काठमाडौँको गठ्ठाघरबाट आचार्यलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

    पक्राउ पुर्जी जारी भएपछि आचार्य फरार रहेका थिए। लकडाउनमा घरमै रहेको गोप्य सूचना पाएपछि आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १० गतेको राशिफल

    आज मंसिर १०, २०८२ (नोभेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रचण्ड: जेन-जी पुस्ता नेकपामा बढी आकर्षित हुँदै

    काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको...

    थाइल्यान्डबाट ल्याइएको बुद्धकाे मूर्ति गंगा जमुना गाउँपालिकालाई हस्तान्तरण

    धादिङ– जिल्ला, गंगाजमुना गाउँपालिका–५ स्थित ठोट्नेपानी मन्दिर परिसरमा थाइल्यान्डबाट ल्याइएको भगवान बुद्धको मूर्ति विशेष धार्मिक...

    गृहमन्त्री अर्याल: निर्वाचनमा सुरक्षा व्यवस्था सुनिश्चित, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणमा तत्पर

    काठमाडौं, मंसिर ९ – गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले पाएको जिम्मेवारी समयमै पूरा गर्न पूर्ण रूपमा...

    रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

    विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई...