News Portal

दुइतिहाइको जनमत मुलुकका लागि नै दुर्भाग्य : बरिस्ठ नेता पौडेल

हिमाली संचार संवाददाता
५०७ पटक

२०७७ असार २०, शनिबार
काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन कहिल्यै नसक्ने ठोकुवा गर्नुभएको छ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले वागमति प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसंग गरेको छलफलमा विश्वमा कम्युनिष्टहरु हल्ला मच्चाउने समस्या उत्पन्न गर्ने तर समाधान दिन नसक्ने पुष्टी भइसकेको स्मरण गर्दै नेपालमा पनि कम्युनिष्टहरुले यो कुरालाई पुष्टी गरेको बताउनुयो।

पौडेलले कम्युनिष्टहरु मुलुकका समस्या समाधान गर्ने बाटोमा प्रवेश गर्न नसकेको बताउदै अहिले कम्युनिष्टहरुले पाएको झण्डै दुइतिहाइको जनमत मुलुकका लागि नै दुर्भाग्यपूर्ण हुनेमा आशंका व्यक्त गर्नुभयो।

पौडेलले मुलुकमा संकट परेका बेलामा भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु नै कम्युनिष्टहरुको बैज्ञानिक समाजवाद हो भनि प्रश्न गर्नुभयो।

पौडेलले नेपाली कांग्रेसले जोड घटाउन गरेर सत्ता प्राप्तीको राजनीति छोडेर सिद्धान्त र आर्दशनको राजनीति अबलम्बन गर्नुपर्ने बताउनुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...