News Portal

  • जिप त्रिशूलीमा खसेको बारे अन्योलमा प्रहरी !

    हिमाली संचार संवाददाता
    ४९५ पटक

    २०७७ असार १९, शुक्रबार
    हरिहरसिंह राठौर/धादिङ – त्रिशूलीमा बिहीबार जिप खसेको भनिएको घटनामा थप तथ्य फेला नपर्दा प्रहरी अन्योलमा देखिएको छ।

    घटनासँग जोडिएका कोही सम्पर्कमा नआएको र जिप खसेको भन्ने बलियो प्रमाण नै नभेटिएको प्रहरीको भनाइ छ।

    गोरखाको गण्डकी–६ की ६० वर्षीया सुनमाया तामाङले धादिङका जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीलाई घटनास्थलमै दिएको भिडियो बयानमा उनले सेतो एम्बुलेन्सजस्तो देखिने जिप मुग्लिनतर्फबाट आएर त्रिशूलीमा खसेको दाबी गरेकी थिइन्।

    सुनमायाले करिब अढाई घण्टा हिँडेर चितवनको सिमाना मौवाखोला बजारमा आई गाडी खसेको भनी सुनाएपछि बिहान साढे ६ बजे जोगीमारास्थित प्रहरीले पहिलो सूचना पाएको थियो।

    उनका अनुसार बेनीघाट–१०, मौवाखोला, बाँदरे मोडबाट बिहान जिप खसेको थियो। यस्तो खबर पाएपछि नेपाली सेना, कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टोली खोजीमा जुटेका थिए।

    धमिलो पानी र तीव्र बहावका कारण खोजतलासमा कठिनाइ भएपछि बिहीबार गोताखोर फिर्ता गरिए पनि फेरि खोजी जारी राखिएको कुरिनटारस्थित सशस्त्र प्रहरीको तालिम शिक्षालयका प्रमुख कालिदास धौबजीले बताए।

    उनका अनुसार अहिलेसम्म जिप कहाँबाट कता जाँदै थियो वा त्यसमा के–कति मान्छे थिए भन्ने विवरण खुल्न सकेको छैन।

    प्रहरीका अनुसार घटनास्थलमा कान्लामा माटो धस्सिएको, ढुंगा खसेको, स्थानीय बजारमा लगिँदै गरेको बिजुलीको एउटा तार चुँडिएको बाहेक अन्य ठोस प्रमाण फेला परेको छैन।

    ‘मुग्लिन बजारमा जडान गरिएको सीसीटीभी क्यामरा पनि बिग्रेपछि थप कठिनाइ भएको छ,’ धादिङ प्रहरी प्रमुख रेग्मीले भने।

    उक्त स्थानमा सडक सुरक्षाबार नरहेको र मोड पनि नभएकाले चालक एक्लै रहेको र निदाएको हुन सक्ने सम्भावनालाई ध्यानमा राखी चितवनतर्फका सबै प्रहरी एकाइलाई खबरसम्म गरिएको उनले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १० गतेको राशिफल

    आज मंसिर १०, २०८२ (नोभेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रचण्ड: जेन-जी पुस्ता नेकपामा बढी आकर्षित हुँदै

    काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको...

    थाइल्यान्डबाट ल्याइएको बुद्धकाे मूर्ति गंगा जमुना गाउँपालिकालाई हस्तान्तरण

    धादिङ– जिल्ला, गंगाजमुना गाउँपालिका–५ स्थित ठोट्नेपानी मन्दिर परिसरमा थाइल्यान्डबाट ल्याइएको भगवान बुद्धको मूर्ति विशेष धार्मिक...

    गृहमन्त्री अर्याल: निर्वाचनमा सुरक्षा व्यवस्था सुनिश्चित, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणमा तत्पर

    काठमाडौं, मंसिर ९ – गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले पाएको जिम्मेवारी समयमै पूरा गर्न पूर्ण रूपमा...

    रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

    विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई...