News Portal

अरुण गाउपालिकाको ९३ बर्षिया लाटा सार्कीले पाए नागरिकता

हिमाली संचार संवाददाता
४१० पटक
२०७७ आषाढ १८,विहिबार

भोजपुर । भोजपुर जिलेलाको अरुण गाउपालिका वडा नं. २, चम्पे स्थायी बसोबास गर्ने लाटा सार्कीले ९३ बर्षको उमेरमा सांसद सुदन किराती र जिल्ला प्रशासन प्रमुख, जिल्ला समन्वय समितिका सभापति अरुण गाउपालिका वडा नं. २, वडाअध्यक्ष भूपेन्द्र रानाको विशेष पहलमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी राम प्रसाद लुईटेलद्वारा हस्ताक्षरित ना.प्र.नं. ०९-०१-७७-०००३० वंशजको आधारमा नेपाली नागरिकता २०६३ वमोजिम सार्कीले नेपाली नागरिकताको प्रमाणपत्र पाएका हुन् । सार्कीले नेपाली नागरिकता पाए संगै नेपाल सरकारले वितरण गर्दै आएको जेष्ठ नागरिकले पाउने भत्ता समेत पाउने भएको छ । 

चम्पे बजार, प्याउली बजारको आसपासमा मागेर जीविका पार्जन गरिरहेका लाटा सार्कीको अहिले सम्म बस्न र खानको कुनै ठेगान थिएन, उनी जहा पुग्थे त्यही रात विताउथे, जे दिन्थे त्यही खान्थे । उनी स्थानीय सार्वजनिक स्थलहरु पाटी पौवा जस्ता ठाउहरुमा रात कटाउदै आएका सार्कीले स्थानीयले फालेका लत्ताकपडा लगाउदै आएका छन् । 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...