News Portal

नेकपा विवाद छताछुल्ल अन्तिम समयसम्म लड्ने ओलीको रणनीति

प्रम ओलीले तीन विकल्प अवलम्बन गर्न सक्ने दहाल पक्षको आकलन

हिमाली संचार संवाददाता
४१० पटक
२०७७ आषाढ १७, बुधवार

काठमाण्डौ । नेकपा स्थायी कमिटीको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्यहरुले प्रधानमंत्री एवम् नेकपा अध्यक्ष केपी ओलीको राजीनामा मागेपछि प्रधानमंत्री ओलीले बुधबार दिनैभरी निकटका नेताहरुसँग मिलेर रणनीति बनाउन व्यस्त रहेको उच्च श्रोतले बताएका छन् । 

अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ललितपुरको एक होटलमा समूहगत भेलामा सहभागि हुँदा प्रधानमन्त्री ओलीले पनि बालुवाटारमा आफ्ना नजिकका नेताहरुसँग छलफल गरेका हुन् । 

बुधबार बिहानै बालुवाटारमा निकट मन्त्री र नेताहरुसँग पनि ओलीले छलफल गरेका थिए । दिउसो फेरि निकटका नेताहरुसँग प्रम ओलीले छलफल गरेका हुन । पार्टी सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मासहितका नेताहरुसँग ओलीले छलफल गरेका हुन् । ओलीलाई राष्ट्रपति विद्यादेवि भण्डारीको पनि साथ छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली अन्तिम समयसम्म लड्ने र सबै उपाए अपनाउने तर दुवै पद नछाड्ने अडानमा छन् । आफ्नो समूहलाई गलाउने रणनीति यो समूहले तय गरेको हो । त्यसका लागि उनले तीन विकल्पमा समेत परामर्श सुरु गरेको दाहाल-नेपाल समूहको बुझाई छ । संसद विघटन गर्ने, संकटकाल लगाउने वा दल विभाजन खुकुलो बनाउने अध्यादेश फेरि जारी गर्ने र संसदीय दलमा बहुमत पुर्‍याएर सरकार नछाड्ने विकल्पमा पनि ओलीले परामर्श गरेको हुन सक्ने बुझाई यो समूहको छ । तर, ओलीले यो सबै अर्को समूहलाई धम्काउनलाई गरेको र उनले यी विकल्प प्रयोग गर्न स्थिति सहज नभएको बुझाई पनि यो समूहको छ । यस किसिमको तयारीको ओली पक्षले भने पुष्टि गरेका छैन ।

बिहान बालुवाटारमा भएको भेलामा ओली दाहाल-समूहका नेता हरिबोल गजुरेल, मणि थापा, टोपबहादुर रायमाझी, रामबहादुर थापा, लेखराज भट्ट पनि सहभागि थिए । भेलामा ओलीले आफू अप्ठ्यारोमा परेको भन्दै सहयोग गर्न यी नेताहरुलाई आग्रह गरेका थिए ।

बिहानको भेलामा कृषि मन्त्री घनश्याम भुसाल र पर्यटन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई पार्टीको निर्णय मानेर अघि बढ्न सुझाव दिएका थिए । ओलीले भने आफूलाई कर्नर गरिएको र अपमान गरिएको बताएका थिए । रासस 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...