News Portal

  • राष्ट्रपति र प्रधानमन्त्रीलाई फेसबुकमा ‘अश्लिल’ शब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ

    हिमाली संचार संवाददाता
    ४१२ पटक
    २०७७ आषाढ १७, बुधवार

    काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीलाई फेसबुकमार्फत अश्लिल शव्द प्रयोग गरी गाली गरेको आरोपमा पोखरा-१९ पुरञ्चौरका दुर्गादत्त बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो।

    राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लिल शव्द प्रयोग गरी फेसबुकमा स्टाटस लेखेको भन्दै बास्तोला विरुद्ध पोखराका शिवप्रसाद अधिकारी, सम्पन्न श्रेष्ठ र सुष्मी श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए। उनीहरु नेकपाका संगठन सम्वद्ध व्यक्तिहरु हुन्। उजुरी आएपछि अनुसन्धान गर्न पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले बताए। ‘साइबर क्राइमको उजुरी आएपछि हामीले साइबर अपराध हेर्ने विभागमा पठायौं, एसपी श्रेष्ठका अनुसार ‘पुर्जी लिएर आज पक्राउ गरेका छौं, अनुसन्धानका लागि पनि माथि नै पठाउँछौं।’

    बास्तोलाले लेखेको स्टाटस भने अहिले मेटेका छन्। उनको फेसबुक स्टाटसमा ४० कमेन्ट र ८ जनाले लाईक गरेका थिए। बास्तोला नेपाली काँग्रेसको तत्कालिन पुरञ्चौर गाविस समितिको सभापति समेत थिए । पोखरा महानगरमा गाविस गाभिएपछि उनी पोखरा वडा नं. १९ का सह–संयोजक भएका थिए। बास्तोलालाई पार्टीको स्थानीय समितिले नै कारबाही गरेर जिम्मेवारीमुक्त पारेको काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बताए।

    ‘उहाँ काँग्रेसको कार्यकर्ता होइन, सभापति केसीको अनुसार, ‘उहाँले पार्टीभित्र पनि भाँडभैलो गर्ने र जे मन लाग्यो त्यही बोल्ने गरेपछि कारबाही गरिसकेको छ।’बास्तोलाले काँग्रेस कास्कीकै सभापति केसी सहभागी भएको कार्यक्रम भाँड्न खोजेको र जे पायो त्यही बोलेको भन्दै दुई महिना अघि नै कांग्रेसले कारबाही गरेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...