News Portal

चीनमा अर्को नया भाइरस, महामारीको रुप लिन सक्ने चेतावनी

हिमाली संचार संवाददाता
६४९ पटक
२०७७ आषाढ १६, मंगलवार

काठमाण्डौ । चिनियाँ वैज्ञानिकको एक टोलीले सन् २०११ देखि २०१८ मा चीनका विभिन्न भागमा बंगुरमा पाइएको इन्फ्लुइन्जा भाइरसको अध्ययन गरेका थिए । उक्त अध्यननमा एच१एन१ प्रकारको ‘जी४’ स्ट्रेन भेटिएको बताएका छन्। जुन नयाँ भाइरस हो। उनीहरूले गरेको एक अध्ययनका अनुसार नयाँ भाइरस चिनियाँ बंगुरमा देखिएको हो।

अमेरिकाको नेशनल एकेडेमी अफ साइन्स (पीएनएएस)को जर्नलमा छापिएको लेखमा उक्त नयाँ भाइरसले महामारीको रूप लिन सक्ने चेतावनी दिइएको छ। ‘मानव जाति र विषेशगरी बंगुर फर्मका कामदारहरूमाथिको निरीक्षण तुरून्तै कार्यन्वयन गर्नपर्छ,’ उक्त लेखमा भनिएको छ। वैज्ञानिकहरूले विषेशगरी मानवजाति, घना बस्ती रहेका चिनियाँ शहर, वधशाला र माछाबजारमा जोखिम बढी रहेको बताएका छन्।

सन् २००९मा फैलिएको एभियन ए१एन१भाइरसलाई नियन्त्रणमा लिन चीनले जोखिम रहेका राष्ट्रहरूमा उडानहरू बन्द गरेको थियो भने १०औं हजार मान्छेहरूलाई क्वारेन्टिनमा राखिएको थियो। यो नयाँ भाइरस भने सन् २००९ मा महामारीको रूप लिएको एच१एन१ र बंगुरमा फेला परेको स्ट्रेनको संयोजन हो। वासिङटन युनिभर्सिटीका बायोलोजिस्ट कार्ल बर्गस्टोर्मले भने यो भाइरस मानव जातिमा फैलिए पनि महामारीको रूप नलिने बताएका छन्।

अहिले महामारीको रूपमा विश्वभरी फैलिरहेको कोरानाभाइरस पनि चीनको वुहानमा पहिलो पटक भेटिएको थियो। चीनबाट सुरूभएर विश्वभर फैलिएको कोरानाभाइरस संक्रमितको संख्या १ करोड ४५ लाख नाघिसकेको छ भने ५ लाख ९ हजारले ज्यान गुमाएका छन् । रासस 

प्रतिकृया दिनुहोस्

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...

देउवा–कोइराला भेट: नम्बरविहीन फारमले महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने चेतावनी

काठमाडौं, पुष १ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको...