News Portal

चीनमा अर्को नया भाइरस, महामारीको रुप लिन सक्ने चेतावनी

हिमाली संचार संवाददाता
६७५ पटक
२०७७ आषाढ १६, मंगलवार

काठमाण्डौ । चिनियाँ वैज्ञानिकको एक टोलीले सन् २०११ देखि २०१८ मा चीनका विभिन्न भागमा बंगुरमा पाइएको इन्फ्लुइन्जा भाइरसको अध्ययन गरेका थिए । उक्त अध्यननमा एच१एन१ प्रकारको ‘जी४’ स्ट्रेन भेटिएको बताएका छन्। जुन नयाँ भाइरस हो। उनीहरूले गरेको एक अध्ययनका अनुसार नयाँ भाइरस चिनियाँ बंगुरमा देखिएको हो।

अमेरिकाको नेशनल एकेडेमी अफ साइन्स (पीएनएएस)को जर्नलमा छापिएको लेखमा उक्त नयाँ भाइरसले महामारीको रूप लिन सक्ने चेतावनी दिइएको छ। ‘मानव जाति र विषेशगरी बंगुर फर्मका कामदारहरूमाथिको निरीक्षण तुरून्तै कार्यन्वयन गर्नपर्छ,’ उक्त लेखमा भनिएको छ। वैज्ञानिकहरूले विषेशगरी मानवजाति, घना बस्ती रहेका चिनियाँ शहर, वधशाला र माछाबजारमा जोखिम बढी रहेको बताएका छन्।

सन् २००९मा फैलिएको एभियन ए१एन१भाइरसलाई नियन्त्रणमा लिन चीनले जोखिम रहेका राष्ट्रहरूमा उडानहरू बन्द गरेको थियो भने १०औं हजार मान्छेहरूलाई क्वारेन्टिनमा राखिएको थियो। यो नयाँ भाइरस भने सन् २००९ मा महामारीको रूप लिएको एच१एन१ र बंगुरमा फेला परेको स्ट्रेनको संयोजन हो। वासिङटन युनिभर्सिटीका बायोलोजिस्ट कार्ल बर्गस्टोर्मले भने यो भाइरस मानव जातिमा फैलिए पनि महामारीको रूप नलिने बताएका छन्।

अहिले महामारीको रूपमा विश्वभरी फैलिरहेको कोरानाभाइरस पनि चीनको वुहानमा पहिलो पटक भेटिएको थियो। चीनबाट सुरूभएर विश्वभर फैलिएको कोरानाभाइरस संक्रमितको संख्या १ करोड ४५ लाख नाघिसकेको छ भने ५ लाख ९ हजारले ज्यान गुमाएका छन् । रासस 

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...