News Portal

प्रधानमन्‍त्री हटाउन चलखेल गर्ने राजदूतलाई देश निकाला : बाबुराम भट्टराई

हिमाली संचार संवाददाता
८६८ पटक

२०७७ असार १६, मंगलबार
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री हटाउन चलखेल गर्ने राजदूतलाई किन देश निकाला नगरेको भन्दै प्रश्न गरेका छन्।

मंगलबार नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले गरेको कार्यक्रममा बोल्दै बाबुरामले यस्तो बताएका हुन्।

प्रधानमन्त्री केपी ओलीलाई षड्यन्त्र गर्ने राजदूतलाई देश निकाला किन नगरेको भन्दै प्रश्न गरेका हुन्। प्रधानमन्त्रीजी कुनै देशको राजदूतले मलाई षड्यन्त्र गरिरहेको छ भन्नुहुन्छ। त्यसो हो भने उहाँ के हेरेर बस्नु भएको छ ?’, बाबुरामले प्रश्न गर्दै भने, ‘राजदूतलाई बोलाएर किन स्पष्टिकरण लिनु हुन्न ? किन तुरुन्तै देश निकाला गर्न सक्नुहुन्न ?

सँगै नेता भट्टराईले प्रधानमन्त्री ओली स्वयम्ले अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको आरोपसमेत लगाएका छन्। ओलीले भारत, चीन र अमेरिकासँग सम्बन्ध बिगारेको आरोप उनको छ।

बाबुरामले विदेशी बुहारीलाई सातवर्षपछि मात्र नागरिकता दिने प्रावधान विभेदकारी भएको भन्दै विरोध जनाए। सँगै नेता भट्टराईले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई प्रधानमन्त्रीले गम्भीर रुपमा नलिएको भन्दै आपत्ति जनाए।

‘प्रधानमन्त्रीजी कहिले कुनै पार्टी फुटाउने विधेयक ल्याउनुहुन्छ। कहिले बेसुरसँग प्रतिनिधिसभामा हाच्छ्यूँ गरेर कोरोनालाई उडाइदिनुपर्छ भन्ने बेतुकका कुरा गरेर जग हसाउनुहुन्छ,’ उनले प्रधानमन्त्रीको आलोचना गर्दै थपे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...