News Portal

आन्दोलनमा उत्रिए ट्याक्सी व्यवसायी, मारमा परेको भन्दै ऋण मिनाहको माग

रातो नम्बर प्लेटको सवारीमा कोरोना नसर्ने,कालोमा मात्र सर्ने?

हिमाली संचार संवाददाता
४३६ पटक
२०७७ आषाढ़ १६, मंगलवार

काठमाण्डौ । लकडाउनको समयमा ट्याक्सी व्यवसायीहरू मारमा परेको भन्दै सडकमा उत्रिएका छन् । मंगलबार ठूलो संख्यामा ट्याक्सी व्यवसायीहरूले काम गर्न दिनु पर्ने, ऋण थपिँदै गएको, कर मिनाह गर्नुपर्ने लगायदका विभिन्न मागहरू राख्दै प्रदर्शनमा निस्किएका हुन्।

यसैगरी उनीहरूले ‘रातो नम्बर प्लेटको सवारीमा कोरोना नसर्ने, कालो नम्बर प्लेटमा मात्रै सर्ने? यो कस्तो रोग हो सरकार?‘,‘भोक लाग्यो सरकार काम गरी खान देऊ’, ‘राज्यको दोस्रो एम्बुलेन्सको दर्जामा रहेको अत्यावश्यक सवारी ट्याक्सी सञ्चालन गर’लगायत प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन्। यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक समक्ष उनीहरूले आफ्ना माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।

‍’ट्याक्सी चालकहरू ट्याक्सीसहित थुप्रो मात्रामा सडकमावनिस्किएका छन्। उहाँहरूले ऋण मिनाह गर्नुपर्ने, मारमा परेको भन्दै विभाग अगाडी आएका छन् । ,’महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी वामदेव गौतमले भने,’ट्याक्सीहरूलाई बाहिर राखेर केहीलाई भित्र जान दिइएको छ।

ती व्यवसायीहरू उपत्यकाका विभिन्न स्थानबाट प्रदर्शन गरेर मिनभवन पुगेका थिए। सरकारले अहिले निजी सवारी साधन जोर-विजोर प्रणालीबाट चल्न दिएको छ भने ट्याक्सी तथा अन्य सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ। यसरी लकडाउनको नियमविपरीत सञ्चालनमा आएका ट्याक्सी तथा निजी सवारी साधनलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको छ।

मंगलबार बिहान ११ बजेसम्म ७ सय २९ दुई पाङग्रे, चार पाङग्रे तथा ट्याक्सीहरूलाई नियन्त्रणमा लिएको छ। त्यसमध्ये तीन सय आठ ट्याक्सी छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रहरीले बेलुकी सात बजे पछाडिमात्रै छाड्ने गर्ने गरेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...