News Portal

कर्णालीको लेखा समितिले माग्यो मुख्यमन्त्री रोजगार कार्यक्रमको हिसाबकिताब

हिमाली संचार संवाददाता
४३४ पटक

२०७७ असार १६, मंगलबार
सुर्खेत – कर्णाली प्रदेशको लेखा समितिले मुख्यमन्त्री रोजगार कार्यक्रमको हिसाबकिताब मागेको छ।

समितिको बैठकले मुख्यमन्त्री स्वरोजगार कार्यक्रमको हिसाब किताबको पुर्णविवरण तीन दिनभित्र जवाफ पठाउन सरकारलाई निर्देशन दिएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आर्थिक वर्षको अन्त्यमा ठूलो रकम अख्तियारी गएको भन्दै यसको पारदर्शीताबारे लेखा समितिले सरकारसँग जवाफ मागेको हो।

समितिले तीन दिनभित्र कार्यक्रमका लागि कहाँ कति बजेट अख्तियारी दिइएको समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठले बताउनुभयो।

उहाँले झण्डै ४० करोड रूपैयाँ गाउँमा गएको सुनिएको भन्दै आर्थिक वर्षको अन्त्यमा ठूला भौतिक संरचना निर्माण गर्न सम्भव नभएको जिकिर गर्नुभयो।

यस्तो बेला ठूलो रकम अख्तियारी दिँइदा बजेट सदुपयोग हुनेमा शंका उब्जिएको अध्यक्ष श्रेष्ठको भनाई छ।

उहाँले मुख्यमन्त्री रोजगार कार्यक्रमको पूर्ण विवरणसहितको जवाफ पठाउन सरकारलाई निर्देशन गरिएको बताउनुभयो।

मुख्यमन्त्री कार्यालयले आर्थिक वर्षको अन्त्यतिर मुख्यमन्त्रीको नाम जोडिएका दुईवटा कार्यक्रमको ४० करोड रूपैयाँ स्थानीय तहमा निकासा गरेको छ।

असार ९ र १० गते मुख्यमन्त्री रोजगार कार्यक्रमको ३० करोड र मुख्यमन्त्री दलित महिला आय–आर्जन कार्यक्रमको १० करोड रूपैयाँ स्थानीय तहलाई बाँडफाँट गर्दै निकासा गरिएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...