News Portal

नेपालमा सलह प्रवेश, विज्ञहरुको टोली छलफलमा जुट्यो

हिमाली संचार संवाददाता
३८३ पटक
२०७७ आषाढ १४, आइतबार

काठमाण्डौ । नेपालमा सलह किरा शनिबार बिहान भारतबाट सलहको समुह नेपाल प्रवेश गरेको हो । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आए पनी ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले जनाएको छ ।

नेपाल छिरेका सलह किरा बारा, पर्सा र सर्लाहीका रुख तथा जमिनमा बसेको जानकारीमा आएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिएका छन् । सहल किरा देखिएका जिल्लाका किसानसहित अरु किसानलाई पनि सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । किसान एक्लैले सलह किरालाई रोक्न नसक्ने भएकाेले ठूलो क्षति हुनबाट रोक्न पालिका र प्रदेश सरकारले आवश्यक समन्वय गर्न आग्रह गरेका हुन् । 

त्यस्तै, कृषि मन्त्रालय अन्तर्गतको प्लान्ट क्वरेण्टीन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले सलह नेपाल प्रवेश गरेको तर प्रजातिकाे बारेमा यकिन गर्न बाँकी रहेको बताए । हुमागाईका अनुसार सामान्य फट्याङ्ग्रा किराले ठूलो क्षति नगर्ने तर लस्कट प्रजातिको फट्याङ्ग्रा भए बाली तथा बोटबिरुवामा ठूलो नोक्सानी गर्छ । लस्कट प्रजातिको फट्याङ्ग्रा ठूलो र खैरो खालको हुन्छ ।

सर्लाहीको नवलपुरमा रहेको तेल बाली अनुसन्धान कार्यक्रमको परिसरमा बसेका किराहरु उड्दै–उड्दै नजिकै रहेको उष्ण प्रदेशीय बृहत् बागबानी केन्द्रमा समेत प्रवेश गरेका छन् । अहिले देखिएको किरा ८/१० हजारको समुहमा रहेकाे छ । बाराकाे कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले पनि सलह किरा नेपालमा भित्रिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

नेपालका कृषि वैज्ञानिकहरुका अनुसार दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह किरा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो । सलह किरा नेपाल प्रवेश गरेपछि प्रजाति पहिचान र व्यवस्थानकाे उपाय खाेज्न कृषि मन्त्रालयका पदाधिकारीसहित विज्ञको टोली अहिले छलफलमा रहेको विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...