News Portal

इलाममा एकैदिन थपिए ५ जना कोरोना संक्रमित

हिमाली संचार संवाददाता
४०० पटक

२०७७ असार १३, शनिबार
भगीरथ भण्डारी/इलाम – इलाममा एकै दिन ५ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितहरुमध्ये ३ जना ओमन र १र१ जना साउदी अरब र भारतबाट नेपाल आएका हुन्।

भारतबाट आएर सूर्योदय नगरपालिका–२ पशुपतीनगर क्वारेन्टाइनमा रहेका २७ बर्षीय पुरुष, ओमनबाट आएका सूर्योदय नगरपालिका–३ का ३० बर्षीय र २८ बर्षीय पुरुष, इलाम नगरपालिका–८ का ४८ बर्षीय पुरुष र साउदी अरबबाट आएका सूर्योदय नगरपालिका–७ का ३० बर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो।

भारतबाट आएका बाहेक ४ जना कन्यामको कृष्णाश्रम क्वारेन्टाइनमा रहेका थिए। उनीहरुलाई उपचारको लागि मोरङको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा उपचारको लागि पठाइएको सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष पेमा उगेन लामाले बताए।

उनीहरुको ५ दिन अघि स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको थियो। आज थपिएका ५ जनासँगै इलाममा कोरोना संक्रमितको संख्या ७ जना पुगेका छन्।

यसअघि भेटिएका सूर्योदय नगरपालिकाका २ जना संक्रमितले कोरोनालाई जितेर फर्किएपछि नगर उपप्रमुख दुर्गादेवी भट्टराई र वडाध्यक्ष लामाले अबिर र खदा लगाएर बिदाई गरेका छन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...