News Portal

नेताको गलामा नीलो डोरीसहितको कोरोना जन्तर

हिमाली संचार संवाददाता
५९३ पटक

२०७७ असार १३, शनिबार
काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसो नेताहरूले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए।

पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको भने होइन। कोरोना भाइरसबाट सुरक्षित हुन भनेर पार्टीले स्थायी कमिटी सदस्यहरुका लागि खरिद गरेर दिएको हो, जुन कार्डमा लेखिएको छ–”भाइरस रिमुभिङ कार्ड।”

नेकपाले यो कार्ड “बियोन्ड द वाल ट्रेडिङ कम्पनी”बाट बुधबार खरिद गरेको हो। केटाकेटी हुँदा धामीले जन्तर (बुटी) लगाइदिन्थे। बोक्सी लाग्दैन, भूतप्रेत लाग्दैन भनेर गलामा झुन्ड्याइदिन्थे। अहिले कोरोना जन्तर लगाइदिए,’ स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले भने, ‘कार्ड माधव नेपालले ल्याउनुभएको हो।

डाक्टरहरूले दिएको भन्ने छ। जापानमा पनि धेरैले लगाएर हिँड्छन् रे। घाममा नदेखाउनू भन्ने नियम रहेछ। अरूले लगाएको देखेपछि मैले मागेँ। यसले भाइरस उडाउँछ कि उडाउँदैन, उही बेसारको धूलोजस्तै हो कि।

चिकित्सकहरु भने कोरोनाबाट बच्ने र बचाउने कुनै औषधि र प्रविधि विकास नभएको बताउँछन्। कोरोना भाइरस नसर्ने र सरे पनि निको हुने कुनै पनि डिभाइस बनेको छैन।

कुनै पनि किट वा कार्डलाई भाइरस मार्न योग्य हुने भनेर आधिकारिक निकायले मान्यता दिएका छैनन्,’ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले भने, ‘कुनै पनि वस्तु औषधि वा प्रतिरोधात्मक हो वा होइन भन्नलाई त आधिकारिक संस्थाले प्रमाणित गरेको हुनुपर्छ।

प्रमाणित नभएको किट लगाउँदा सर्वसाधारणमा भ्रम पैदा हुन सक्छ। किट लगाएरै कोरोना सर्दैन भने त ढुक्कसँग लगाए भइहाल्यो नि। मास्क लगाउनु पनि पर्दैन। दूरी कायम गर्नु पनि पर्दैन।

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा शुक्रबार सभापति कल्याणी खड्काले पनि ‘भाइरस रिमुभिङ कार्ड लगाएकी थिइन्। कार्डले ढुक्क नभएरै हुन सक्छ, उनले मास्क पनि लगाएकी थिइन्। उनले बैठक अवधिभरि नै मास्क खोलिनन्।

ढोकैमा सेनिटाइजरको बोतल राखिएको छ। बैठक कक्षमा पनि दूरी कायम हुने गरी कुर्सी व्यवस्थापन गरिएको छ। नेकपाका सबैजसो र कांग्रेसकी रंगमति शाहीको गलामा त्यही कार्ड थियो।

यो कार्डले दुई मिटरसम्म भाइरसलाई निष्क्रिय बनाउँछ रे भनेर छोराले दिएको हो,’ सभापति खड्काले भनिन्। उनको छोरा विप्लव केसीको बियोन्ड द वाल ट्रेडिङ कम्पनीले चीनबाट १० हजार थान यो कार्ड नेपाल ल्याएका छन्। यही कार्ड नेकपाका नेताहरुले खरिद गरेर लगाएका हुन्।

कम्पनीले सांसदहरुलाई २५ प्रतिशत छुट दिएर बिक्री सुरु गरेको थियो। नेकपाले बुधबार ६० वटा कार्ड खरिद गरेर स्थायी कमिटी सदस्यलाई वितरण गरेको हो। नेकपाले एउटा कार्डलाई भ्याटसहित ६ सय २५ रुपैयाँमा खरिद गरेको हो।

बियोन्ड कम्पनीले नेकपाका नाममा ३७ हजार ५ सय रुपैयाँको बिल जारी गरेको छ। ‘बैठकमा सहभागीलाई वितरण गर्ने भनेर माग भएपछि ६० वटा कार्ड पार्टीले खरिद गरेको हो,’ बियोन्ड कम्पनीका प्रमुख केसीले भने, ‘सांसद र अरू नेताहरुले भने व्यक्तिगत रूपमा खरिद गर्नुभएको हो कान्तिपुर दैनिकले खबर छापेकाे छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...