News Portal

उपमहानगरपालिका धरानले ल्यायो व्यवसायीकरण विशेष कार्यक्रम

नगरको १ अर्ब ७२ करोड ३५ लाखको बजेट प्रस्तुत

हिमाली संचार संवाददाता
४७१ पटक
२०७७ आषाढ ११, बिहिवार

धरान – धरान उपमहानगरपालिका धरानले स्थानीय पहिचान बनिसकेको ‘धराने कालो बंगुर’ र ‘तीनपाने रक्सी’ कोदोबाट निर्मित मादक पेयपदार्थलाई आर्थिक उन्नतिसँग जोड्न धरान उपमहानगरपालिका धरानले नौलो कार्यक्रम बुधबार धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ सालको बजेटमा ‘कालो बंगुर’ र ‘तीनपाने रक्सी’लाई आर्थिक उन्नतिसँग जोड्ने गरी कार्यक्रम अधि सारेको हो।

आदिवासी जनजाति बहुल क्षेत्र धरानमा घरघरमै कालो बंगुर पालन गर्नुका साथै तीनपाने रक्सी बनाइने प्रचलन छ। अब धरान उपमहानगरपालिका धरान नगरको विशेष घोषणासँगै व्यवसायीकरण हुने भएको छ। 

धरान उपमहानगरपालिका धरानले राष्ट्रिय, अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको ‘धराने कालो बंगुरको व्यवसायीकरण गरी आर्थिक उन्नतिसँग जोड्ने कार्यक्रम ल्याएसँगै स्थानीय धरानबासी कृषकलाई प्रोत्साहन मिलेको छ। धरानका स्थानीय संस्कृति आय आर्जनसँग समेत जोडिएको छ।

धरान उपमहानगरपालिका धारानद्वारा घोषित बजेट कार्यक्रमको बुँदा नम्बर १२९ र १३० मा ‘कालो बंगुर’ र ‘तीनपाने रक्सी’लाई आर्थिक समृद्धिसँग जोड्ने कार्यक्रम लागू गरेको छ। बुँदा नम्बर १२९ मा भनिएको छ, ‘राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गरेको धराने कालो बंगुरलाई व्यवसायीकरण गरी धरानको आर्थिक समृद्धसँग जोडिने कार्यक्रम लागू गरिनेछ।’

धरान उपमहानगरपालिका धरानले स्थानीय समुदायमा पुस्तान्तरण हुँदै आएको घरेलु मादकपदार्थ उत्पादनलाई पनि आय–आर्जनसँग जोडी आर्थिक उन्नतिको रुपमा विकास गर्ने योजना ल्याएको छ।

‘आदिवासी जनजातिहरुको पुस्तौनी कला र संस्कृतिको रुपमा हस्तान्तरण हुँदै आएको ‘तीनपाने रक्सी’लाई पहिचान प्रवन्धन गर्न आवश्यक नीति निर्माण गरी व्यवसायीकरण गर्ने कार्यक्रम लागू गरिने छ’, बुँदा नम्बर १३० भनिएको छ, ‘यसको लागि सरोकारवालाहरु पक्षसँग समन्वय गरी प्रशोधन र ब्रान्डिङको व्यवस्था समेत गरिनेछ।’

धरान उपमहानगरपालिका धरानले १ अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय बराबरको बजेट प्रस्तुत गरेको छ। यो चालु आर्थिक वर्षभन्दा करिब ५ करोडले कम हो। चालु वर्षको बजेट १ अर्ब ७७ करोड ९१ लाख छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...