News Portal

उपमहानगरपालिका धरानले ल्यायो व्यवसायीकरण विशेष कार्यक्रम

नगरको १ अर्ब ७२ करोड ३५ लाखको बजेट प्रस्तुत

हिमाली संचार संवाददाता
४३४ पटक
२०७७ आषाढ ११, बिहिवार

धरान – धरान उपमहानगरपालिका धरानले स्थानीय पहिचान बनिसकेको ‘धराने कालो बंगुर’ र ‘तीनपाने रक्सी’ कोदोबाट निर्मित मादक पेयपदार्थलाई आर्थिक उन्नतिसँग जोड्न धरान उपमहानगरपालिका धरानले नौलो कार्यक्रम बुधबार धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७/७८ सालको बजेटमा ‘कालो बंगुर’ र ‘तीनपाने रक्सी’लाई आर्थिक उन्नतिसँग जोड्ने गरी कार्यक्रम अधि सारेको हो।

आदिवासी जनजाति बहुल क्षेत्र धरानमा घरघरमै कालो बंगुर पालन गर्नुका साथै तीनपाने रक्सी बनाइने प्रचलन छ। अब धरान उपमहानगरपालिका धरान नगरको विशेष घोषणासँगै व्यवसायीकरण हुने भएको छ। 

धरान उपमहानगरपालिका धरानले राष्ट्रिय, अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको ‘धराने कालो बंगुरको व्यवसायीकरण गरी आर्थिक उन्नतिसँग जोड्ने कार्यक्रम ल्याएसँगै स्थानीय धरानबासी कृषकलाई प्रोत्साहन मिलेको छ। धरानका स्थानीय संस्कृति आय आर्जनसँग समेत जोडिएको छ।

धरान उपमहानगरपालिका धारानद्वारा घोषित बजेट कार्यक्रमको बुँदा नम्बर १२९ र १३० मा ‘कालो बंगुर’ र ‘तीनपाने रक्सी’लाई आर्थिक समृद्धिसँग जोड्ने कार्यक्रम लागू गरेको छ। बुँदा नम्बर १२९ मा भनिएको छ, ‘राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गरेको धराने कालो बंगुरलाई व्यवसायीकरण गरी धरानको आर्थिक समृद्धसँग जोडिने कार्यक्रम लागू गरिनेछ।’

धरान उपमहानगरपालिका धरानले स्थानीय समुदायमा पुस्तान्तरण हुँदै आएको घरेलु मादकपदार्थ उत्पादनलाई पनि आय–आर्जनसँग जोडी आर्थिक उन्नतिको रुपमा विकास गर्ने योजना ल्याएको छ।

‘आदिवासी जनजातिहरुको पुस्तौनी कला र संस्कृतिको रुपमा हस्तान्तरण हुँदै आएको ‘तीनपाने रक्सी’लाई पहिचान प्रवन्धन गर्न आवश्यक नीति निर्माण गरी व्यवसायीकरण गर्ने कार्यक्रम लागू गरिने छ’, बुँदा नम्बर १३० भनिएको छ, ‘यसको लागि सरोकारवालाहरु पक्षसँग समन्वय गरी प्रशोधन र ब्रान्डिङको व्यवस्था समेत गरिनेछ।’

धरान उपमहानगरपालिका धरानले १ अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय बराबरको बजेट प्रस्तुत गरेको छ। यो चालु आर्थिक वर्षभन्दा करिब ५ करोडले कम हो। चालु वर्षको बजेट १ अर्ब ७७ करोड ९१ लाख छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...