News Portal

धरानकाे तिनकुनेदेखि शिवधारासम्म ४ लेनको सडक विस्तार, राजमार्ग बाइसप हुने

हिमाली संचार संवाददाता
३६६ पटक
२०७७ आषाढ ११, बिहिवार

धरान ।धरान उपमहानगरपालिका धरानको आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएकाे नीति तथा कार्यक्रममा मदन भण्डारी राजमार्ग र काेशी राजमार्गलाई बाइपास गर्दै, धरानको तीनकुनेदेखि शिवधारासम्मकाे सडकलाई स्तरोन्ति गरेर ४ लेनको शहरी सडक बनाउने घाेषणा गरेका छन् ।  धरानको तिनकुनेदेखि शिवधारासम्म ८० फुटकाे मापदण्ड कायम गरी सडक स्तरोन्ति गर्ने समेत बजेडमा उल्लेख गरिएकाे छ ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा सम्पन्न नगरसभामा उपमेयर मञ्जु भण्डारी सुवेदीले नीति तथा कार्यक्रम अन्तर्गत चार पृ्ष्टको बजेट प्रस्तुत गरेकी थिइन । सभालाई प्रदेश सभामुख प्रदीपकुमार भण्डारी र प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले सम्बोधन गरेका थिए। त्यसपछि, मेयर तिलक राईले सबैलाई धन्यवाद दिएर बैठक स्थगित गर्ने घोषणा गर्दै असार २६ गते शुक्रबार नगरसभाको बैठक बस्ने गरी स्थगित भएको हो । 

त्यस्तै धरान नगर भित्र रहेका लुप सडकमा टायल लगाउने कार्यलाई प्राेत्साहन गर्ने, घर निर्माण अनुमति प्रकृयालाई सरलिकरण गर्ने, एयरपाेर्टलाई जग्गा व्यवस्थापन लगायत धरानले गर्नुपर्ने सबै काम सम्पन्न गरी याेजना अघि बढाइने समेत बजेडमा उल्लेख गरिएको छ । धरान उपमहानगरले फ्रन्टलाइनमा क्रियाशिल ७ हजार धरानबासीहरुको पिसिआर टेष्टको तयारीको लागि वीपी प्रतिष्ठानसँग समन्वय गरेर स्वास्थ्य कार्यविधि अनुसार प्राथमिकताको आधारमा तुरुन्तै स्वाब टेष्ट लिई कोरोना परीक्षणलाई तीब्रता दिएर जोखिम न्यूनीकरण गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...