News Portal

धरानकाे तिनकुनेदेखि शिवधारासम्म ४ लेनको सडक विस्तार, राजमार्ग बाइसप हुने

हिमाली संचार संवाददाता
४०१ पटक
२०७७ आषाढ ११, बिहिवार

धरान ।धरान उपमहानगरपालिका धरानको आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएकाे नीति तथा कार्यक्रममा मदन भण्डारी राजमार्ग र काेशी राजमार्गलाई बाइपास गर्दै, धरानको तीनकुनेदेखि शिवधारासम्मकाे सडकलाई स्तरोन्ति गरेर ४ लेनको शहरी सडक बनाउने घाेषणा गरेका छन् ।  धरानको तिनकुनेदेखि शिवधारासम्म ८० फुटकाे मापदण्ड कायम गरी सडक स्तरोन्ति गर्ने समेत बजेडमा उल्लेख गरिएकाे छ ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा सम्पन्न नगरसभामा उपमेयर मञ्जु भण्डारी सुवेदीले नीति तथा कार्यक्रम अन्तर्गत चार पृ्ष्टको बजेट प्रस्तुत गरेकी थिइन । सभालाई प्रदेश सभामुख प्रदीपकुमार भण्डारी र प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले सम्बोधन गरेका थिए। त्यसपछि, मेयर तिलक राईले सबैलाई धन्यवाद दिएर बैठक स्थगित गर्ने घोषणा गर्दै असार २६ गते शुक्रबार नगरसभाको बैठक बस्ने गरी स्थगित भएको हो । 

त्यस्तै धरान नगर भित्र रहेका लुप सडकमा टायल लगाउने कार्यलाई प्राेत्साहन गर्ने, घर निर्माण अनुमति प्रकृयालाई सरलिकरण गर्ने, एयरपाेर्टलाई जग्गा व्यवस्थापन लगायत धरानले गर्नुपर्ने सबै काम सम्पन्न गरी याेजना अघि बढाइने समेत बजेडमा उल्लेख गरिएको छ । धरान उपमहानगरले फ्रन्टलाइनमा क्रियाशिल ७ हजार धरानबासीहरुको पिसिआर टेष्टको तयारीको लागि वीपी प्रतिष्ठानसँग समन्वय गरेर स्वास्थ्य कार्यविधि अनुसार प्राथमिकताको आधारमा तुरुन्तै स्वाब टेष्ट लिई कोरोना परीक्षणलाई तीब्रता दिएर जोखिम न्यूनीकरण गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...