News Portal

  • जनकल्याण सामुदायिक वनमा अख्तियारको छापा, डिभिजन वन कार्यालय सुर्खेतका प्रमुखको भुमिकामाथी आशंका

    हिमाली संचार संवाददाता
    ६२७ पटक

    सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाउँपालिका वडा नम्बर ८ मा रहेको जनकल्याण सामुदायिक वन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले असार ८ र ९ गते दुईदिन सामुदायिक वनको स्थलगत निरक्षण गरेको छ।

    आयोग सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटासहितको विज्ञटोलीले जनजागृति माविदेखि दक्षिणतर्फ भित्रि खोला, बुदुने खोला र बुढाथोकिको ठुलो घट् लगायतका क्षेत्रमा निरक्षण गर्दा रुखहरु अबैध रुपमा कटानी भएको पाईएको जनाएको छ।

    विभिन्न संञ्चारमाध्यम सामुदयिक वनमा अबैध रुपमा जंगल फडानी भएको समाचार प्रकाशन तथा प्रशारण भएपछि अख्तियारले छापा मारेको हो। सामुदायिक वनमा छपान रद्ध भएका २६, ३१ र ३८ नम्बरका सालका रुख सहित अन्य सानाठुला जामुन, तिजु असना जातका रुखहरु कटानी भएको अख्तियारले जनाएको छ।

    यसअघि वनको बार्षिक विधान र कार्ययोजना अनुसार गत २०७६ पुस ७ गते डिभिजन वन कार्यालयको पत्रमा जंगलमा रहेका रुखहरुमा ३३ सय ९१ क्युफिट बराबरको ठाडो रुखहरुमा काट्नको लागि टाचा लगाएको थियो।

    डिभिजन वन कार्यलय सुर्खेतको २०७६ पुस २७ गते पुनःअर्कोपत्र लेख्दै पुराना टाचा लगाएका रुखहरु रद्ध गरेर थप नयाँ रुखहरुमा काट्नको लागी अनुमती दियो। तर सामुदायिक वनका पदाधिकारी र ठेकेदारहरुले पहिला टाचाँ लगाएका र पछिल्ला टाचाँ लगाएका दुबै रुख काटेर वन फडानी गरेका थिए।

    संञ्चारमाध्यमहरुमा समाचार आउन थालेपछि वनका पदाधिकारीहरुकै मिलेमतोतमा काटिएका रुख लुकाउन थालिएको थियो।

    जंगल फडानी भएको जानकारी पटकपटक डिभिजन वन कार्यालय सुर्खेतका प्रमुखलाई गराउदा समेत डिभिजन वन प्रमुख गोविन्द्र प्रसाद दाहालले व्यवास्था गर्दै आउनुभएको थियो। संञ्चारमाध्यमहरुमा समाचार प्रकाशन तथा प्रशारणहुदाँ समेत कार्यालय प्रमुख दाहालले कसैलाई पनि कारवाही नगर्नु र अनुसन्धान नथाल्नुले उहाँमाथी पनि प्रश्न खडा भएको छ।

    यसैबीच दमारे विद्यालयहुदै कुनाथरी जाने भित्र सडकको छेउछाउमा जंगल फडानी गरी वन अतिक्रमण भइरहेको छ। अहिले त्यसक्षेत्रमा डोजर प्रयोग गरेर वन अतिक्रमण गर्दै घरटहराहरु निर्माण गरिएको स्थानियहरुले बताएका छन।

    यता अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले वन अतिक्रमण तथा फडानी भएको पाईएको दावी गरेको छ। अख्तियारका प्रवक्ता मेघनाथ सापकोटाले स्वीकृति दिएको भन्दा धेरै रुखहरु कटानी भई जंगल फडानी भएको स्थलगत निरक्षणमा पाईएको बताउनुभयो।

    उहाँले अख्तियारले अनुसन्धान थालिसकेको भन्दै पुर्ण प्रतिवेदन केहीदिनमा सार्वजनिक गरेर सत्यतथ्य बाहिर ल्याउने जिकिर गर्नुभयो।

    उहाँले यसमा डिभिजन वन कार्यालय, सामुदायिक वनका पदाधिकारी र लेकगाउँ रेन्जपोष्टका कर्मचारीहरुको भुमिका संकास्पद देखिएकाले अनुसन्धानको दायरामा ल्याईने उल्लेख गर्नुभयो। अख्तियारले उनिहरु दोषि पाइए वन ऐन अनुसार कारवाही अगाडी बढाइने जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १० गतेको राशिफल

    आज मंसिर १०, २०८२ (नोभेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रचण्ड: जेन-जी पुस्ता नेकपामा बढी आकर्षित हुँदै

    काठमाडौं, मंसिर ९ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रियामा युवाहरूको...

    थाइल्यान्डबाट ल्याइएको बुद्धकाे मूर्ति गंगा जमुना गाउँपालिकालाई हस्तान्तरण

    धादिङ– जिल्ला, गंगाजमुना गाउँपालिका–५ स्थित ठोट्नेपानी मन्दिर परिसरमा थाइल्यान्डबाट ल्याइएको भगवान बुद्धको मूर्ति विशेष धार्मिक...

    गृहमन्त्री अर्याल: निर्वाचनमा सुरक्षा व्यवस्था सुनिश्चित, निर्वाचित सरकारलाई सत्ता हस्तान्तरणमा तत्पर

    काठमाडौं, मंसिर ९ – गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले पाएको जिम्मेवारी समयमै पूरा गर्न पूर्ण रूपमा...

    रानीपोखरीबाट लुटिएको पेस्तोल इलाममा बिक्री, तीन जना पक्राउ

    विराटनगर, मंसिर ९ – भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट चोरी भएको दुई...