News Portal

भोजपुरको गुराँसेभीर प्रदिप कार्कीको सल्लाहमा अपरेटर कुल बहादुर खड्काले छिचोल्यो

हिमाली संचार संवाददाता
६८० पटक
२०७७ आसाढ १०, बुधवार

भोजपुर । भोजपुर जिल्ला अन्तरगत अरुण गाउँपालिका वडा नं. २ भित्रपर्ने गुराँसेभीर फोडी कुनाखर्क सिउदीवारी चम्पे हुदै छोटोदुरीबाट प्याउलीसम्मको मुख्य सडक खण्ड जोडने वडा नं.२ अन्तरगत पर्ने गुरासेभीर प्रदीप कार्कीको सल्लाहमा कुलबहादुर खड्काले फोरेपछि बषौ देखिको सपना यो बर्ष पूरा हुने भएको छ।

यस सडकमा बस गुडाउनको लागि प्रदेश सरकारबाट बजेट विनियोजन नभएको भने होइन तर गत बर्ष १ करोड २५ लाखको ठेक्का पाएका उत्तम खड्काले भिर हेरेमात्र छोडिदिएका थिए।

यो बर्षको अन्तिम बजेट प्रदेश सरकारले यही बाटोलाई जिरो पोइन्ट बनाएर हिले भञ्ज्याङ् चम्पे पन्चेडोबाटो कुडुलेघाट शीर्षक बनाएर ७० लाख विनियोजन गरेको छ।

अहिले बनेको समिति संग समय नभएकाले यो काममा चुनौती रहेको छ। उपभोक्तहरुको सुझाव पनि गुराँसेको भिर फोर्नु पर्छ भन्ने नै थियो। आज समितिका सदस्य प्रदीप कार्की र समितिका सचिव गुणाराज राई र अपरेटर कुल बहादुर खड्काको साहसी आटले गुराँसे भिर फोर्न सफल भएको हो।

समितिका सदस्य प्रदिप कार्कीले अपरेटर कुल बहादुर खड्का संग यो भिर कसरी झार्न सकिन्छ? तीन दिन अगाडी देखि छलफल गरेर आज यो काम सम्पन्न गरेका हुन। यो भिर फोर्नेमा समितिका सदस्य प्रदिक कार्की र अपरेटर कुल बहादुर खड्काको मनोवलले गर्दा सम्भव भएको हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...