News Portal

खोटाङको तापखोलामा पक्की पुल शिलान्यास

हिमाली संचार संवाददाता
४६० पटक
२०७७ आसाढ ९, सोमवार

खोटाङ । खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने पुलको शिलान्यास सांसद राजन राईले गत शनिवार गरेका छन् ।

खोटाङ जिल्लाका स्थानीय दुई तहको बीचमा रहेका तापखोलामा शनिबार प्रदेश नम्बर -१ का  सांसद राजन राईले शिलान्यास गरेका हुन् । सदरमुकाम दिक्तेलदेखि  केपिलासगढी गाउँपालिका सम्म पुग्ने छोटो दुरीको सडक खण्डमा पर्ने तापखोलामा प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालय, पुर्वाधार विकास कार्यक्रम अन्तरगत मोटरेबल पुल निर्माण गर्न लागिएको हो ।

निर्माण कम्पनी रौता कन्ट्रक्सनले ७ करोड ६१ लाख २४ हजार ५ सय ४३ लागतमा तापखोला पुल निर्माण गर्ने ठेक्का लिएको हो । उक्त पुल २०७८ साल मंसिर ७ गते सम्पन्न गर्न रौता कन्ट्रक्सनले गत जेठ ८ गते पुल निर्माणको सम्झौता गरिसकेका थिए।

पुल शिलान्यास कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हिरादेबी वन, राजनैतिक दलका नेता, प्रशासन, सुरक्षा प्रमुख लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...