News Portal

वीपी प्रतिष्ठान धरानबाट १३ कोरोना संक्रमित निको भएर घर फर्किए

हिमाली संचार संवाददाता
३९४ पटक
२०७७ आसाढ ८, सोमवार

धरान । धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सोमबार १३ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सोमबार स्वास्थ्य प्रोटोकल अनुसार पुन पिसिआर परीक्षण गर्दा कोरोना नेगेटिभ रिपोर्ट आए पछि आज मोरङका १२ जना, झापाका १ जना गरी १३ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार अझै पनि प्रतिष्ठानको आइसोलेसनमा ६५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । सोमबार अस्पतालदेखि डिस्चार्ज भएकाहरू सँग प्रतिष्ठानबाट कोरोना जितेर घर फर्किनेको संख्या १ सय २८ पुगेको छ ।

नेपालमा ५ सय ३५ जना नया संक्रमित थपिएसगै देशभर संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २ हजार १ सय ४८ जना उपचारपछि घर फर्किएका छन् । नेपालमा अहिले सम्म २३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...