News Portal

कुवेतबाट फर्किएकी एक महिलासहित प्रदेश १ मा थप १५ जना कोरोना संक्रमित

५२६ पटक
२०७७ असार ७, आइतबार

हरि अधिकारी/विराटनगर – प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार प्रदेश १ का चार जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार कोसी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा सुनसरीको बर्जु र कोसी गाउँपालिकामा १/१ जना, झापाको अर्जुनधाराका ३ जना, कनकाई नगरपालिकाका १ जना र मेचीनगरका २ जना छन्।

यस्तै उदयपुरको कटारीमा १ जना, उदयपुरगढीमा २ जना, त्रियुगामा २ जनामा संक्रमण देखिएको छ। मोरङको सुन्दरहरैचा नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको छ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ४८ पुगेको छ। ती मध्ये २ सय ३४ जना उपचार पछि घर फर्किएका छन।

सुन्दरहरैचाकी संक्रमित महिला कुवेतबाट आएकी थिइन् !

आइतबार कोरोना संक्रमण पुष्टि भएका मोरङका दुई जना मध्ये एक जना कुवेतबाट आएकी महिला रहेको पाइएको छ।

सुन्दरहरैचाको क्वारेन्टिनमा बसेका एक पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो।

सुन्दरहरैचा नगरपालिका जनस्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतका अनुसार संक्रमित महिला कुवेतबाट आएकी हुन् भने पुरुष भारतबाट आएका हुन्।

संक्रमित पुरुषलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज क्वारेन्टिन गोठगाउँ र महिलालाई कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा पठाउने उनले बताए। यससँगै मोरङमा कोरोना संक्रमितको संख्या १ सय १८ पुगेको छ।

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...