News Portal

नदिजन्य सामग्री अवैध उत्खनन गर्ने नेकपाका नेता पक्राउ

हिमाली संचार संवाददाता
४७२ पटक
२०७७ असार ६, शनिबार

नेपालगन्ज – बाँकेको राप्तीसोनारीमा नदिजन्य सामग्री अवैध उत्खनन गरि तस्करी गरेको आरोपमा एक जना नेकपाका नेतालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजिनितिक आडमा ढुङ्गा, गिटी, बालुवा लगायत अन्य नदिजन्य सामग्री तस्करी गर्ने भनिएका राप्तीसोनारी गाउँपालिकाका नेकपा सचिब मनोज केसी रहेका छन्।

लामो समयदेखि केसीले राप्ती नदिमा जेसेबी, टिपर र टयाक्टर प्रयोग गरेर नदिजन्य सामग्री तस्करीमा सामेल हुँदै आएको उनलाई आरोप छ। उनलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमबाङ्गको निर्देशनमा सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

केसीलाई शुक्रबार पक्राउ गरि हिरासतमा राखिएको छ। उनलाई पक्राउ गरि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरि म्याद थप गरेर मुद्दा प्रक्रिया अघि बढाएको प्रजिअ कुरुमबाङ्गले बताए।

गत आर्थिक बर्षमा राप्ती नदिमा नदिजन्य सामग्री उत्खननको ठेक्का समेत पाएका केसीले कर वापतको करिब ८० लाख रुपैयाँ नतिरेको गाउँपालिका श्रोतले बतायो।

बर्तमान समयमा बाँकेको सशस्त्र प्रहरी मुख्यालयले नदिजन्य सामग्री अवैध उत्खनन गर्ने तस्करलाई कुनै पनि हालतमा नछाड्न आफ्ना निकायलाई निर्देशन समेत दिएको छ।

केसी पक्राउ परेसगै नदिजन्य सामाग्री अवैध उत्खनन गर्ने गिरोहमा खैलाबैला मच्चिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...