News Portal

नदिजन्य सामग्री अवैध उत्खनन गर्ने नेकपाका नेता पक्राउ

हिमाली संचार संवाददाता
५१३ पटक
२०७७ असार ६, शनिबार

नेपालगन्ज – बाँकेको राप्तीसोनारीमा नदिजन्य सामग्री अवैध उत्खनन गरि तस्करी गरेको आरोपमा एक जना नेकपाका नेतालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजिनितिक आडमा ढुङ्गा, गिटी, बालुवा लगायत अन्य नदिजन्य सामग्री तस्करी गर्ने भनिएका राप्तीसोनारी गाउँपालिकाका नेकपा सचिब मनोज केसी रहेका छन्।

लामो समयदेखि केसीले राप्ती नदिमा जेसेबी, टिपर र टयाक्टर प्रयोग गरेर नदिजन्य सामग्री तस्करीमा सामेल हुँदै आएको उनलाई आरोप छ। उनलाई बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमबाङ्गको निर्देशनमा सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

केसीलाई शुक्रबार पक्राउ गरि हिरासतमा राखिएको छ। उनलाई पक्राउ गरि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरि म्याद थप गरेर मुद्दा प्रक्रिया अघि बढाएको प्रजिअ कुरुमबाङ्गले बताए।

गत आर्थिक बर्षमा राप्ती नदिमा नदिजन्य सामग्री उत्खननको ठेक्का समेत पाएका केसीले कर वापतको करिब ८० लाख रुपैयाँ नतिरेको गाउँपालिका श्रोतले बतायो।

बर्तमान समयमा बाँकेको सशस्त्र प्रहरी मुख्यालयले नदिजन्य सामग्री अवैध उत्खनन गर्ने तस्करलाई कुनै पनि हालतमा नछाड्न आफ्ना निकायलाई निर्देशन समेत दिएको छ।

केसी पक्राउ परेसगै नदिजन्य सामाग्री अवैध उत्खनन गर्ने गिरोहमा खैलाबैला मच्चिएको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...