News Portal

नेपाली सेनाको हेलीकाप्टरद्वारा सुत्केरी महिलाको उद्धार

हिमाली संचार संवाददाता
३६८ पटक
२०७७ आसाढ ५, शुक्रवार

खोटाङ। खोटाङ जिल्लाको जन्तेढुङाकी २१ वर्षीया तारा राई मगरले बच्चा जन्माएपछि उनको स्वास्थ्यमा प्रतिकूल खरावी उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट नेपाली सेनाको हेलीकाप्टरद्वारा  सरकारले निशुल्क उद्धार गरेको छ ।

सुत्केरी महिलाको उपचार खोटाङबजारका स्वास्थ्यकर्मीहरुले अथक प्रयत्न गर्दा सिमित श्रोत र साधनले उपचारमा सम्भव नभएपछि काठमाडौंका लागि रिफर गरेका थिए । सुत्केरी महिलाको बिहान सबेरै देखि प्रयास गरेको भए पनी अपरान्ह मात्र सफलता मिलेको जानकारी प्रतिनिधि सभाका सदस्य सांसद विशाल भट्टराईले जानकारी दिएका छन् । 

सांसद भट्टराईको अनुसार उनको अहिले प्रसुति गृह, थापाथलीमा उपचार भइरहेको छ। आज बिलम्ब भएको भए सुत्केरी महिलाको स्वास्थ्य खतरा हुने रहेछ। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत नेपाली सेनाको हेलोकप्टरद्वारा सरकारले निशुल्क उद्धार गरेको पनि सांसद भट्टराईले जानकारी दिएका हुन । सांसद भट्टराईले यो पबित्र र महान कामका लागि योगदान गर्नुहुने सबैलाई हार्दिक आभार समेत व्यक्त गरेका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...