News Portal

नेपालमा अत्यधिक नया कोरोना संक्रमित थपियो, उच्च जोखिम

हिमाली संचार संवाददाता
४५० पटक
२०७७ आसाढ ३, बुधवार

काठमाण्डौ । नेपालमा बुधवार ५ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । नया संख्या थपिए संगै नेपालमा  कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नयाँ थपिएका संक्रमितमा ५ सय ४६ जना पुरुष र ४० जना महिला रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा २ सय जना संक्रमित थपिएका छन् । यस्तै, रौतहटका १ सय २७ जना, प्युठानका ३८ जना, बर्दियाका ३१ जना, गुल्मी र धनुषाका २६ / २६ जना, सल्यानका २५ जना नवलपुरका १७ जना, कालिकोटका १४ जना, अर्घाखाँचीका १२ जना र कपिलवस्तुका १० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

त्यस्तै पुर्वको मोरङका ९ जना, दाङका ८ जना, बारा, कञ्चनपुर र रुपन्देहीका ७/७ जना, सर्लाहीका ६ जना, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २-२ जना तथा सिराहा, कैलाली र बाँकेका १-१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...