News Portal

  • भारतमा गोर्खा सैनिकमाथी सामाजिक सञ्जाल प्रयोगमा रोक

    हिमाली संचार संवाददाता
    १५९६ पटक
    २०७७ आसाढ २, मंगलवार

    दिल्ली – नेपाल सरकारले भारतद्वारा आफ्नो अतिक्रमित भू-भागलाई समेत समेटेर आफ्नो नयाँ राजनीतिक नक्सा सांसदबाट सर्वसहमतीद्वारा पारित लगत्तै भारत सरकारले आफ्नो गोर्खा पल्टनका नेपाली जवानहरुलाई सामाजिक सञ्चाल फेसबुक म्यासेन्जरहरुमा हिँजो देखि प्रतिबन्ध लगाउने आन्तरिक सर्कुलर तथा आदेश जारी गरेको छ।

    श्रोतका अनुसार दुई देश बिचको सिमा बिबाद जटिल बन्दै गएको बेला आफ्नो देश प्रति अभिव्यक्ति दिन र बोल्न प्रतिबन्द लगाउनको निमित्त गोर्खा बटालियनका कमान्डरहरुलाई कडा आदेश दिएको छ।

    गोर्खा सैनिकहरुलाई समाजिक सञ्जालबाट बन्चित गराउदै कसैको मोबाईलमा फेसबुक, म्यासेजर जस्ता एप्सहरु भेटिएको खण्डमा कडा कार्यबाही गर्ने  चेतावनी समेत दिई सकेको श्रोतले बताएको हो।

    यदि सम्पुर्ण गोर्खा बटालियनहरुमा रुलिङ हुकुम भए पश्चात बन्द पालना नगर्ने गोर्खा सिपाहीले सैनिक अपराधको कानुन अनुसार देशद्रोहीको मुद्दा लगाएर जन्म कैद तथा फाँसी लगाउन सक्नेसम्मको सजाय हुन सक्छ।

    तसर्थ देशभक्त नेपाली युवाहरूको मनोबलमा ह्रास आउनुका साथै मानव अधिकार, आफ्नो राष्ट्रियता र राष्ट्रीय भावनालाई कुण्ठित गरि त्रासमा बाँच्न विवस तुल्याएको उनीहरुको बुझाई छ।

    यो दुई देश बिचको सिमा बिबादको सवालमा दुई देश बिचकै बार्ता र सम्बादबाट समाधान खोजिनु पर्ने गोर्खा सैनिकहरुको धारणा रहेको छ।

    भारत सरकारले यो समस्यालाई हल गर्न नखोजी यस्तै हेपाहा प्रवृति जारी राखे नेपाल सरकारले गोर्खा सैनिकहरुप्रति बैकल्पिक योजना बनाई स-सम्मान नेपाली सेनामा समाहित गराउने निर्णय लिए हजारौं गोर्खा नेपाली सेनाहरुले बिद्रोह गरि नेपाली सेनामा समाहित भई राष्ट्रियताको लागि भारतबिरुद्ध लड्न तयार हुने परिस्थिती बन्न सक्नेछ श्रोतको दाबी छ। 

    पछिल्लो समयमा भारतको आफ्नो हेपाहा र मिचाहा प्रबृतिको कारण आफ्नो सम्पूर्ण छिमेकी देशहरुसंग सिमा बिबादको कारण कसैसंग पनि सम्बन्ध राम्रो नभएको भारत सरकारले नेपालसंग सिमा बिबाद चर्किदा भारत झन ठूलो संकटको भुमारिमा फसिरहेको जानकारहरु बताउँछन।

    पछिल्लो समय भारतको बौद्धिक सर्कल र नेपाल भारत सम्बन्धको जानकार तथा कुटनैतिज्ञहरुले भारत सरकारलाई दिएको सल्लाह सुझाब तथा यो मामिलामा दिएको अभिव्यक्तिहरुले यस्तो पुष्टि गर्दछ।

    यसै कारण नेपालले संसदको तल्लो सदन प्रतिनिधि सभाले निशान छापमा नेपालको नया राजनीतिक नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक सर्बसहमतिले पारित गरेको केही समयमा भारतको रक्षामन्त्री राजनाथ सिंहले दुई देशबिच रहेको सिमा समस्याको समाधान आपसी छलफल र संवादद्वारा समाधान गर्ने अभिव्यक्ति आएको थियो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली...

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...