News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • स्वदेश फर्किने कुवेतबासी नेपालीहरुको पक्षमा एनआरएनए कुवेतले गर्यो यस्तो कार्य

    हिमाली संचार संवाददाता
    ५०५ पटक

    कुवेत – कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी, तथा स्वदेश फर्किन नापईरहेका कुवेतमा रहेका नेपाली नागरिकहरुको पक्षमा एनआरएनए कुवेतले उडान भाडादर भन्दा तीन गुणा बढी महंगो परेकोले आफ्नो  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    कुवेतमा श्रमिकहरु साँझ-बिहानको छाक टार्न समस्या भइरहेकोबेला नेपाल सरकारले तोकेको भाडादरमा उचित सहुलियतसहित पुन: निर्धारण गर्नको लागी गैरआवसीय नेपाली संघ कुवेतले सरकारसंग मागसमेत गरेको छ।

    एनआरएनए कुवेतले जारि गरेको विज्ञप्ति यस्तो छ:

    प्रेस विज्ञप्ति

    कोरोना भाइरस (COVID-19) का कारण विश्वभरी विपद आइपर्यो। वैदेशिक रोजगारी वा विभिन्न प्रायोजनका लागि विदेशमा लामो समयदेखी वेतलवी, विदामा घर फर्किनको लागि हवाई टिकट समेत तय भैसकेका, शारिरिक अस्वस्थ्यता लगाएत विभिन्न समस्याहरुसंग जुध्दै अलपत्र परिरहेका नेपालीहरुलाई नेपाल सरकारले स्वदेश फर्काउन सुरु गरिसकेको छ। हालसम्म युएइ, म्यानमार र कुवेतबाट केही नेपालीहरुलाइ फर्काइसकेको पनि छ। सरकारको यो महान कार्यको लागि गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवैत हार्दिक धन्यवाद व्यक्त गर्दछ।

    कुवेतको हकमा कुवेतबाट अवैधानिक हैसियतमा रहेर आममाफी पाएकाहरु २९९१ जनालाई कुवेत सरकारले आफ्नै खर्चमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुयाउन उडान शुरु गरिसकेको छ। नेपाल सरकारले निर्णय गरेको निर्णय अनुसार अन्य विदेशमा अप्ठ्यारोमा परेका श्रमिकहरु नेपाल सरकारले तोकेको भाडादरमा आफै तिरेर नेपाल फर्किन बाध्य हुनेछन।

    कुवेतको हकमा अलपत्र परेका नेपाली कामदारहरुलाई स्वदेश फिर्तिको लागि नेपाल सरकारले ५७० डलर (१७५ कुवेती दिनार) तोकेको छ। श्रमिकको हकमा यो सामान्य उडान भाडादर भन्दा तीन गुणा बढी महंगो परेकोले गैरआवसीय नेपालि संघ राष्ट्रिय समन्वय परिषद कुवेतको गम्भीर ध्यानाकर्षण भएको छ। कुवेतमा श्रमिकहरु साँझ बिहानको छाक टार्न समस्या भइरहेको बेला नेपाल सरकारले घरबारी नै बेचेर स्वदेश फर्किनुपर्ने बाध्यता बनाएको परिस्थिति कुनै पनि हालतमा श्रमिकको हितमा नभएको हुनाले गन्तव्य मुलुकबाट फर्किने भाडादर उचित सहुलियत सहित पुन: निर्धारण गर्नको लागी गैरआवसीय नेपाली संघ कुवेत गम्भीर ध्यानाकर्षण सहित माग राख्दछौं।

    महासचिव                                                                                                    अध्यक्ष 

    दिलकुमार पाखीन                                                                                       सुजन केसि

    प्रतिकृया दिनुहोस्

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...

    १३ गतेदेखि रोकिएको संसद् आज चल्ला? सहमति बन्ने संकेत तर निश्चितता छैन

    काठमाडौं, जेठ २६ – विवादित भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच निरन्तर छलफल चलिरहेका छन्।...