News Portal

सरकारविरोधी प्रदर्शनमा युवाहरुको समर्थन

हिमाली संचार संवाददाता
४५१ पटक
२०७७ जेठ ३० शुक्रबार

काठमाडौ  – विवेकशील नेपालीले जारी युवाहरुको सरकारविरोधी प्रदर्शनमा आफ्नो समर्थन रहेको जनाएको छ। पार्टीकी उपाध्यक्ष अजीता राईले एक विज्ञप्ति जारी गर्दै कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको गैर-जिम्मेवारपूर्ण रवैया, असक्षमता र भ्रष्टाचारविरुद्ध आम नागरिकको आक्रोश तथा प्रश्न सडक प्रदर्शनमा देखिएको बताएकी छन्।

उनले यो आन्दोलनलाई गैरदलीय अभियान भन्दै यसमा आफ्नो दलका सदस्यहरु आम नागरिकका रुपमा मात्र सहभागी भएको पनि बताएकी छन्।

‘हामी भौतिक दूरीसहित भइरहेको सम्पूर्ण शान्तिपूर्ण अभियानहरू अनि स्वतःस्फूर्त रूपमा आएका कोरोना रोकथाम अनि नियन्त्रणसँग सम्बन्धित मागहरूप्रति समर्थन जनाउन चाहन्छौं,’ वक्तव्यमा भनिएको छ, ‘सम्पूर्ण अभियन्ता साथीहरूलाई यस्ता अभियानमा एक आपसबीच भौतिक दूरी कायम गर्न, मास्क लगाउन, स्यानिटाईजर प्रयोग गर्न, साबुन पानीले हात धुन अनि सम्पूर्ण सुरक्षाका सावधानी अपनाउन अनुरोध गर्दछौं।’

अभियानमा उठेका मागहरू सम्बोधन गर्न छाडेर अभियानलाई दबाउने, बल प्रयोग गर्ने वा जरिवाना गराउने वा जेल हाल्ने धम्की दिनेजस्ता रवैयाले समस्याको समाधान दिन नसक्ने चेत पनि सरकारमा बस्नेहरुमा शीघ्र पलाओस् भन्ने कामना वक्तव्यमा गरिएको छ।

यस्तै, विवेकशीलले उच्चस्तरीय कोरोना रोकथाम समितिलाई अबिलम्ब भंग गरी विज्ञहरू सहितको नयाँ टोली गठन गरियोस् र स्वास्थ सामाग्री खरिद तथा विदेशबाट नेपाली फर्काउने काममा भ्रष्टाचारको आरोप लागेका जिम्मेवार पदाधिकारीहरुलाई तुरुन्तै कारबाहीको दायरामा ल्याइयोस् भन्ने माग पनि गरेको छ।

प्रतिकृया दिनुहोस्

पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३–२४ का घटनाबाट पीडित

काठमाडौँ, पुष १४ – पूर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ मा भएको हिंसात्मक...

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...