News Portal

सुडान घोटाला काण्डका दोषी पुर्वआइजीपी रिहा, तीन आइजीपी जेल जानुको यस्तो थियो काण्ड

५७५ पटक
२०७७ जेठ ३०, शुक्रवार

रबिन थपलिया/काठमाण्डौं – सुडान घोटाला काण्डमा जेल चलान भएका पूर्व आईजीपी रमेशचन्द ठकुरी रिहा भएका छन्।

२०७६ असार १९ गते जेल चलान भएका ठकुरी एक बर्ष कैद भुक्तानी गरी रिहा हुन लागेका हुन्। ठकुरी २० दिन पछि रिहा भएपनि कारागार प्रशासनले उनलाई २० दिन कैद मिनाहा गरिदिएको छ। ठकुरी डील्लीबजार कारागारबाट छुटेका हुन् ।

पूर्वमहानिरीक्षक ठकुरीलाई सर्वोच्च अदालतले २०७४ वैशाख १७ गते एक वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला सुनाएको थियो।

सो काण्डमा सर्वोच्च अदाललते ठेकेदार सम्भु भारतीलाई दोषी ठहर गरी १४ करोड २० लाख बिगो र जरिवानासहित १ वर्ष जेल सजाय सुनाएको थियो।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक ओमविक्रम राणालाई दुई वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना र चन्दलाई एक वर्ष कैद र रु ४० हजार जरिवाना सुनाएको थियो। ठेकेदार भारतीसहित राणा र गुरुङ जेल सजाय भोगेर यस अघि रिहा भइसकेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनअनुसार सुडान मिसनमा करीब रु ४३ करोड बराबरको सामान खरीदमा रु २८ करोड ४० लाख भ्रष्टाचार भएको थियो।

विसं २०६५ असोजदेखि सुडानको डार्फरमा नेपाल प्रहरीको टोली खटिँदै आएको छ।

यस्तो थियो सुडान घोटाला काण्ड !

सुडान घोटाला काण्डका ठेकेदार सम्भु भारती मुख्य आपूर्तिकर्ता एर्स्योड रिस्क कम्पनी लन्डनको तर्फबाट स्थानीय प्रतिनिधि भइ सुडानको डार्फरमा खटिने नेपाल प्रहरीको एफपीयूको लागि आवश्यक बन्दोबस्तीको सामान खरिद गर्न नेपाल प्रहरीसँग ७ सेप्टेम्बर २००७ मा सम्झौता गरेको थिए।

सो सम्झौता गर्नु अगाडि भारतीले मुख्य कम्पनीको तर्फबाट सामानको मूल्यखुलाई कोटेशन पेस गर्नुपर्नेमा तत्कालीन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ओमविक्रम राणाको निर्देशनमा स्पेसिफिकेशन र क्याटलगबिना नै सामानको दररेट बनाउन लगाएको अनुसन्धानबाट खुलेको थियो।

गृह मन्त्रालयबाट पठाइएका ३४ वटा सम्भाव्य कम्पनीलाई प्रतिस्पर्धामा आउन नै नदिइ जम्मा ३ वटा सूचीकृत फर्मको छनौट गरी पक्राउ परेका भारतीका नाता पर्ने मानिस संलग्न रहेका अन्य दुईवटा फर्मसँग मिलेमतो गरी दरभाउपत्र पेस गर्न पत्राचार गरेको गरेका थिए।

अन्ततः भारती आफैं एजेण्ट भएको उक्त कम्पनीलाई ठेक्का पारेपछि आइएसओ स्ट्न्डर एपीसीको सट्टामा सुरूदेखि नै सोचविचार गरी कोटेशनमा मूल सम्झौताको विपरीतका सर्तहरू थपी ८ थान पुराना र काम नलाग्ने एपीसी सप्लाई गराएको गरेका थिए।

कोटेशनको सर्त नं. १० मा भुक्तानी प्रणाली सुरूमा ४० प्रतिशत र सामान डेलिभरी भएपछि ६० प्रतिशत भुक्तानी दिने सर्त उल्लेख गरेकोमा पछि ती सर्तविपरीत भुक्तानी तालिका तयार भई भारती उक्त कम्पनीको नाममा भुक्तानी लिएका थिए। भारतीले भुक्तानी लिएपछि अवैध तरिकाले उक्त कम्पनीलाइ पैसा पठाएका थिए।

२७ सेप्टेम्बर २००७ को करारमा उल्लेख भएको आइएसओ स्ट्न्डरका सामान हुनुपर्ने प्रावधानहरूलाई सन् २००७ अक्टोबर १७ मा एलरसी संशोधन गरी हटाएको र सामानको इन्सपेक्सन गर्ने र युएनको इन्सपेक्सनपछि भुक्तानी दिने कुराको पालन नगरी सामान डेलिभरी र इन्सपेक्सन नै नगरी भुक्तानी लिएको अनुसन्धानमा खुलेको थियो।

एपीसीमा १२.५ एमएम को हतियार मात्र प्रयोग गर्नुपर्ने मापदण्ड रहेकोमा आपूर्ति भएका एसीसीमा १४.५/७.६२ एम.एमको हतियार रहेको थियो।

भारतीले स्पेयर पार्टस खरिद गर्दा तथा ढुवानी गर्दा खर्च भएको नेपाल प्रहरी कल्याण कोषको रकम सो सामानहरू कमसल भएको कारण यूएन बाट रकम सोधभर्ना हुन नसकी आफू र निजको मूल कम्पनीलाई गैरकानूनी लाभ र नेपाल प्रहरीलाई गैरकानूनी हानी नोक्सानी पुर्‍याउने गरी कार्य गरेकोअनुसन्धान अधिकृत आचार्यले पेश गरेको प्रतिवेदनमा उल्लेख छ।

मतियारको समेत भूमिका निर्वाह गरेको देखिन आएको हुँदा पुनरावेदक भारतीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (४) र २२ बमोजिमको कसुरमा एक वर्ष कैद तथा बिगोको आधा चौध करोड बीस लाख आठ हजार तीन रूपैयाँ तीन पैसा जरिवाना गरी त्यति नै बिगो प्रहरी कल्याण कोषले निजबाट भराई लिन पाउने ठहर्‍याएको विशेष अदालतको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो।

सुडान शान्ति मिसनको भ्रष्टाचार प्रहरी संगठनमा हालसम्मकै ठूलो र बहुचर्चित भ्रष्टाचार हो। जुन मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २४ बहालवाला प्रहरी अधिकारीसहित ३६ जनालाई ०६८ जेठमा मुद्दा दायर गरेको थियो।

सुडान भ्रष्टाचार प्रकरणमा प्रहरी नेतृत्व नै परिवर्तन भयो। सरकारले तत्कालीन प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई महानिरीक्षकबाट हटाएर प्रधानमन्त्री कार्यालयमा सुरक्षा सल्लाहकार नियुक्ति गरी रवीन्द्रप्रताप शाहलाई आईजीपी नियुक्त गरेको थियो।

सुडान घोटाला काण्डमा पूर्व आइजिपीहरु हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी र ओमविक्रम राणसमेत दोषी ठहर भएका थिए। पूर्व आइजिपी हेमबहादुर गुरुङ जेल बसेर २०७४ चैत १८ गते छुटेका थिए।

त्यस्तै, पूर्व एआइजी श्यामसिंह थापा २०७४ चैत २५ गते र दीपकसिंह थाङदेन २०७४ चैत २३ गते जेल बसेर छुटिसकेका छन्। उनीहरु तीनै जनालाई सर्वोच्च अदालतले १/१ वर्ष कैद र ४०/४० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।

२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएका पूर्वआइजिपी रमेशचन्द ठकुरीले केही समय अघिमात्रै सर्वोच्च अदालतमा आत्मसर्पण गरेका थिए। त्यस्तै, पूर्व डिआइजी दीपक श्रेष्ठ र रवि राणा यसअघि नै कैद भुक्तान गरी छुटिसकेका छन्।

उनीहरुलाई ६/६ महिना कैद र ३०/३० हजार रुपैयाँ जरिवानको सजाय अदालतले तोकेको थियो। राष्ट्रसंघको आग्रहमा अफ्रिकी मुलुक सुडानका लागि नेपाल प्रहरीका एफपीयू मिसन खटिने भएपछि त्यसका लागि प्रहरीले कल्याण कोषबाट आठ एपीसीसहित प्रहरीका लागि आवश्यक गाडी तथा बन्दोबस्तीका सामान खरिद गरी पठाएको थियो।

तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणाको समयमा टेन्डर भएकोमा कमसल सामान खरिद गरी पठाइएको थियो। त्यसरी पठाइएका एपीसी थोत्रो भएको भन्दै राष्ट्रसंघले चलाउनै नदिएपछि घटना बाहिर आएको थियो।

संसद्को राज्य व्यवस्था समितिले स्थलगत भ्रमण गरी भ्रष्टाचार भएको रिपोर्ट दिएपछि सुडान प्रकरण चर्किएको थियो। व्यापक दबाबका कारण अख्तियारले ०६८ जेठमा मुद्दा दायर गरेको थियो।

तीन पूर्वआईजीसहित २४ बहालवाला र १० अवकाशप्राप्त गरी ३४ प्रहरी अधिकारीविरुद्ध एकैचोटि मुद्दा दायर भएको यो घटना प्रहरी संगठनमात्र नभई देशकै ठूलो भ्रष्टाचार प्रकरण बन्न पुगेको थियो।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...