News Portal

बराहताल गाँउपालिकाको जनकल्याण सामुदायिक वनमा व्यापक बन फडानी, नियमक निकाय मौन !

हिमाली संचार संवाददाता
८३७ पटक
२०७७ जेठ २९, बिहिबार

सुर्खेत – पश्चिम सुर्खेतको बराहताल गाँउपालिका वडा नम्बर ८ को जनकल्याण सामुदायिक वनमा व्यापक रुख फडानी भएको पाइएको छ। वन उपभोक्ता समितिकै पदाधिकारी र ठेकेदारको मिलोमतोमा रुखकटान भएको स्थानियहरुले बताएका छन।

वनको बार्षिक विधान र कार्ययोजना अनुसार गत २०७६ पुस ७ गते डिभिजन वन कार्यालयको पत्रमा जंगलमा रहेका रुखहरुमा ३३ सय ९१ क्युफिट बराबरको ठाडो रुखहरुमा काट्नको लागि टाचा लगाएको थियो।

डिभिजन वन कार्यलय सुर्खेतको २०७६ पुस २७ गते पुनःअर्कोपत्र लेख्दै पुराना टाचा लगाएका रुखहरु रद्ध गरेर थप नयाँ रुखहरुमा काट्नको लागी अनुमती दियो। तर सामुदायिक वनका उपभोक्ता समिति र ठेकेदारहरुले पहिला टाचाँ लगाएका र पछिल्ला टाचाँ लगाएका दुबै रुखकाटेर वन फडानी गरेका छन।

उनिहरुले त्यही मौकामा झन्डै थप ३ हजार क्युफिट भन्दा धेरै रुखहरु कटानी गरेको स्थानियहरुले बताएका छन। यो समयमा देशभर लकडाउन पनि भएकाले वनजंगलमा कोहीपनि नजाने भएकाले रुखकटानी गर्न सजिलो भएको हो।

लकडाउनको समयलार्इ समितिका पदाधिकारीले जथाभाविरुपमा रुख काटेर कमाउने दाउ समेत बनाएका छन। स्थानियहरुले जनजागृति मावि र गाँउदेखि दक्षिणतर्फ भित्रिखोला र बुदुने खोलाको क्षेत्रमा रुख फडानी भएको बताएका छन।

उनिहरुले साल, जामुन, तिजु, असना लगायतका सयौको संख्यामा रुखहरु फडानी भएको बताएका छन। स्थानिले यसबारेमा सम्बन्धित नियकालार्इ बारमबार जानकारी गराउदा पनि व्यवास्था गर्ने गरेको बताएका छन।

यता जनकल्याण सामुदायिक वनका कोषाध्यक्षले केशर कार्कीले उपोभक्ताहरुको घरलार्इ क्षेति पुर्याउने रुखहरु कटानि गरेको बताउनुभयो। उहाँले बाहिर आएजस्तो रुख कटानी भएको नभएको भन्दै हावाहुरीले क्षेति पुर्याउने ठाँउमा रुखहरु काटेको बताउनुभयो।

यसैबीच डिभिजन वन कार्यालय सुर्खेतले भने जंगल फडानी भएको बारे कार्यलयलार्इ जानकारी नआएको जनाएको छ। कार्यलयका प्रमुख गोविन्द्रप्रसाद दाहलले वन फडानीभएको पार्इए संग्लनहरुलार्इ कारवाही गरिने बताउनुभयो।

उहाँले आजै त्यसक्षेत्रमा अनुगमन गरिने भन्दै दोषिपार्इए कसैलार्इ पनि नछोड्ने ठोकुवा गर्नुभएको छ। यसअघि जेठ १५ गते नेपाल सरकारको मन्त्रीपरिषदले देशका विभिन्न वनक्षेत्रमा रुखहरु कटान, संकलन ढुवानी ओसारपसार भर्इरहेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न भन्दै निर्देशन जारी गरेको छ।

मन्त्रीपरिषदले देशभरी वनक्षेत्रमा रहेका रुखका गोलीया अहिले जहाँ र जुन अवस्थामा छन त्यसलार्इ त्यसक्षेत्रमा छोडिदिने भनेपनि सुर्खेतमा अहिले पनि रुखहरु फडानी भर्इरहेको पार्इएको छ। यता प्रदेश वन तथा वातावरण मन्त्रालयले पनि जेठ १६ गते पत्राचार गर्दै मन्त्रीपरिषदको निर्णय कार्यान्वयन गर्न आफन्नो मातहतका निकायलार्इ निर्देशन दिएको छ।

जनगंजल फडानी तथा ओसारपसार गर्ने कार्यहरु नरोहिएको भन्दै स्थानिय विरोध समेत जनाएका छन। उनिहरुले वनक्षेत्र हेर्ने नियमक निकाय डिभिजन वन कार्यालय मौन बसेको भन्दै आपति जनाएका छन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...