News Portal

गर्भपतन चक्कीले यस्तो पार्छ साइड इफेक्ट !

हिमाली संचार संवाददाता
९१४ पटक
२०७७ जेठ २८, बुधवार

काठमाडौँ – गर्भ रहनु एक सुखद क्षण हो, दम्पतीको लागि। यद्यपि यो त्यहीबेला सुखद हुन्छ जब दम्पतीले सन्तानको योजना बनाउँछन्। सन्तानको रहर पुरा गरिसकेपछिको अवस्थामा गर्भ रह्यो भने ? दम्पतीको लागि टाउको दुखाईको विषय बन्छ।

असुरक्षित यौन सम्बन्ध वा सावधानी अपनाउँदा अपनाउँदै पनि बेलाबखत गर्भ रहन जान्छ। यस्तो अवस्थामा दम्पतीसँग दुईवटा विकल्प मात्र बाँकी रहन्छ, सन्तान जन्माउने वा गर्भपतन गर्ने।

अनिश्चित अवधीभित्र आधिकारिक स्वास्थ्य संस्थाबाट गर्भपतन गराउन कानुनी मान्यता छ। यसैगरी अहिले गर्भपतनका लागि चक्की सेवन पनि गर्न सकिन्छ। गर्भपतनको चक्की सहजै उपलब्ध हुने भएकाले धेरैजसोले अहिले यही विकल्प उचित ठान्ने गरेका छन्।

यद्यपि चिकित्सकको परामर्श बिना गर्भपतन चक्की सेवन गर्दा जोखिम हुनसक्छ। यसले अल्पकालिन वा दीर्घकालिन दुबै रुपमा असर गर्न सक्छ।

१० लाख बढी महिलाले गर्छन् सेवन !

शोध अनुसार विश्वभरमा करिब १० लाख बढी महिलाले यस चक्की प्रयोग गरिरहेका छन्। यसमा १५ देखि ३४ बर्ष उमेर समूहका महिला सामेल छन्। चिकित्सकको सिफारिस बिना यो चक्की बिक्री गर्न नपाइने भएपनि बजारमा यो सहज रुपमा किनबेच हुने गरेको पाइन्छ।

कहिले लिने गर्भपतनको चक्की !

गर्भ रहेको निश्चित भएपछि चिकित्सकको परामर्श लिन जरुरी हुन्छ। चिकित्सकको सुझाव अनुसार नै तय गर्नुहोस् कि चक्की सेवन गर्नु उचित छ वा छैन भन्ने कुरा।

विज्ञहरुका अनुसार यो चक्की तपाईंको अन्तिम महिनावरीको ४९ दिनभित्र अर्थात गर्भावस्थाको ९ औं हप्तासम्म लिन सकिन्छ। सामान्यत गर्भपतनका लागि दुई चक्की लिनुपर्छ। पहिलो र दोस्रो चक्कीबीच कति समय अन्तर आवश्यक हुन्छ, यो कुरा चिकित्सकबाट सल्लाह लिनुपर्छ।

के छ ग्यारेन्टी ?

यदि गर्भपतनको चक्की पहिलो २ हप्ताभित्र र सही तरिकाले सेवन गरियो भने ९५ प्रतिशतदेखि ९७ प्रतिशतसम्म ढुक्क हुन सकिन्छ। यदि यस अवधिभित्र सेवन गरिएन भने एनिमिया, हदृय रोग आदिको समस्या हुनसक्छ।

गर्भपतन चक्कीको असर !

यसको अत्याधिक प्रयोगले शरीरमा बनिरहेको प्रेग्नेन्सी हर्मोन प्रोजेस्टेरन प्रभावित हुन्छ। यही कारण महिलाको फर्टिलिटीमा असर पुग्छ र उक्त महिलालाई दोस्रो पटक गर्भधान गर्न समस्या हुन्छ।

कतिपय अवस्थामा यो चक्की लिएपछि भ्रुण पूण रुपमा गर्भाशयबाट बाहिर निस्कन पाउँदैन। त्यसको केही अवशेष बाँकी रहन्छ।

यो चक्की केवल ५० दिनभित्र सेवन गरिसक्नुपर्ने छ। यद्यपि कतिपयले यसलाई गर्भ रहेको तीन, चार महिनासम्म पनि सेवन गर्छन्। यसले रक्तश्राव धेरै हुने र संक्रमणको भय पनि बढाउँछ। खसमा यो चक्कीले शरीरमा बनिरहेको प्रोग्नेन्सी हर्मोन प्राजेस्टेरानको उत्पादन बन्द गरिदिन्छ।

यही कारण भ्रुण गर्भाशयबाट अलग भएर बाहिर आउन थाल्छ साथै गर्भाशयको संकुचनले रक्तश्राव बढाउँछ। गर्भपतनको चक्कीले पेटमा अत्याधिक दुखाई हुनसक्छ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...