News Portal

रंगेली कानेपाेखरी सडकको काममा एक बर्ष ढिला

हिमाली संचार संवाददाता
३६६ पटक
२०७७ जेठ २८, बुधवार

रविन्द्र बराल/मोरङ  माेरङकाे रंगेली कानेपाेखरी सडक खण्डको निर्माणकार्य सम्झौता भन्दा १ बर्ष ढिलाइ हुने भएको छ। लामा डाँफे द कञ्चनजंधा कन्ट्रशनले कानेपाेखरीदेखि दर्वेशा चाेकसम्म कालाेपत्रेकाे काम सम्पन गरेता पनि अझै ५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन। 

लामा डाँफे द कञ्चनजंधा कन्ट्रशनले २०७४ असार ६ गते कामको जिम्मा पाएको थियोे। उक्त काम २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि २०७७ जेठ २८ गते भई सक्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन।

काममा ढिलाइ हुदा समेत सम्धित निकाय बेखबर बनेको छ। कानेपाेखरीदेखि नेपाल भारतकाे सिमानामा रहेको चाेप्राहासम्म २५.४ किलोमिटर लम्बाई निर्माण  योजनामा रहेको छ।

विभिन्न कारणले गर्दा काममा एक बर्ष काममा ढिलाइ भएको लामा डाँफे द कञ्चनजंधा कन्ट्रशनका प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाका अनुसार पुनः आफुहरुले कामकाे समय थपगरी बाकी काम शुरु गरेको र असार मसान्तसम्म सम्पुर्ण काम सम्पन्न गरिसकिने बताएका छन्।

उक्त सडकमा नेपाल सरकारको कूल खर्च ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयामा सडक निर्माणको लागि ठेक्का दिएको थियो।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...