News Portal

रंगेली कानेपाेखरी सडकको काममा एक बर्ष ढिला

हिमाली संचार संवाददाता
४०९ पटक
२०७७ जेठ २८, बुधवार

रविन्द्र बराल/मोरङ  माेरङकाे रंगेली कानेपाेखरी सडक खण्डको निर्माणकार्य सम्झौता भन्दा १ बर्ष ढिलाइ हुने भएको छ। लामा डाँफे द कञ्चनजंधा कन्ट्रशनले कानेपाेखरीदेखि दर्वेशा चाेकसम्म कालाेपत्रेकाे काम सम्पन गरेता पनि अझै ५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन। 

लामा डाँफे द कञ्चनजंधा कन्ट्रशनले २०७४ असार ६ गते कामको जिम्मा पाएको थियोे। उक्त काम २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएता पनि २०७७ जेठ २८ गते भई सक्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन।

काममा ढिलाइ हुदा समेत सम्धित निकाय बेखबर बनेको छ। कानेपाेखरीदेखि नेपाल भारतकाे सिमानामा रहेको चाेप्राहासम्म २५.४ किलोमिटर लम्बाई निर्माण  योजनामा रहेको छ।

विभिन्न कारणले गर्दा काममा एक बर्ष काममा ढिलाइ भएको लामा डाँफे द कञ्चनजंधा कन्ट्रशनका प्राेजेट कन्ट्याक प्रमुख प्रविण शेर्पाका अनुसार पुनः आफुहरुले कामकाे समय थपगरी बाकी काम शुरु गरेको र असार मसान्तसम्म सम्पुर्ण काम सम्पन्न गरिसकिने बताएका छन्।

उक्त सडकमा नेपाल सरकारको कूल खर्च ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयामा सडक निर्माणको लागि ठेक्का दिएको थियो।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...