News Portal

बालुवाटारमा प्रदर्शन: प्रदर्शनकारी गिरफ्तार, प्रहरीद्वारा पानीको फोहोरा प्रहार

हिमाली संचार संवाददाता
३६४ पटक
२०७७ जेठ २७, मंगलवार

काठमाण्डाै । सरकारले कोरोना भाइरसको महामारी रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार बाहिर प्रदर्शन गर्नेहरुमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । 

पीसीआर विधिमार्फत कोरोना भाइरसको परीक्षण गर्न माग गर्दै प्रदर्शन गर्न पुगेकाहरुमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो । आन्दोलनमा सामाजिक अभियन्ता, व्यापारीलगायत आरडीटीबाट नभइ पीसीआर विधिमार्फत परीक्षण गर्न माग गर्दै बालुवाटर पुगेका थिए । नेपालमा कोरोनाको उच्च जोखिम बढेसँगै सरकारले परीक्षणको दायरा बढाएको दाबी गरेको छ । तर यो पर्याप्त परीक्षण नभएको भन्दै आन्दोलन, सर्वत्र सरकारको आलोचना हुन थालेको छ। 

बालुवाटारमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले लकडाउनको उलंधन गरेकाले पक्राउ गरिएको प्रहरीले बताएको छ। 

अहिले १ लाख ९ हजार ७१ जनाको मात्रै पिसीआर विधिमार्फत परीक्षण भएको छ भने १ लाख ५६ हजार ९ सय ९१ जनाको आरडीटी विधिमार्फत परीक्षण भएको छ । नेपालमा अहिलेसम्म ३ हजार ७ सय ६२ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यस्तै, कोरोनाकाे कारण १४ जनाको ज्यान गएको छ । ४ सय ८८ जना उपचारपछि निको भएका छन् ।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...