News Portal

धरानको बुद्धचोकमा राखियो चिण्डोको प्रतिमा

हिमाली संचार संवाददाता
३९१ पटक
२०७७ जेठ २६, सोमवार

धरान – धरान १८ स्थित बुद्ध चोकमा चिण्डोको प्रतिमा राखिएको छ। कलाकार महेन्द्र राईले तयार गरेको चिण्डोको प्रतिमालाई बुद्ध चोकमा राखिएको हो। बुद्ध चोकमा राखिएको प्रतिमाको काम अझै बाँकी रहेको मुर्ति निर्माण संयोजक बिर्ष राईले बताएका छन।

संयोजक राईका अनुसार चिण्डो स्थापना भए पनि अझै धेरै  बाँकी काम रहेको छ। अव, ग्रिनाइट र प्लाष्टर कामहरु सबै बाँकी रहेको जानकारी दिएका हुन्।

कलाकार महेन्द्र राईले निर्माण गरेका चिण्डोको प्रतिमा करिब साढे ९ फिट आग्लो रहेको छ। प्रतिमाको ग्राउण्ड लेभलमा यसको बेस भने ५ फिट उचाईको भएकोले चिण्डोको कुल उचाई साढे १४ फिट पुग्न सक्ने कलाकार राईले बताएका छन्।

कलाकार राईका अनुसार चिण्डोको वरिपरी विभिन्न साँस्कृतिक आकृतिहरु हुनेछ। चिण्डोको प्रतिमा वडा कार्यालयको बजेट र स्थानीय सहयोगी दाताहरुको विशेष सहयोगमा निर्माण भएको हो।

चिण्डो किरात समुदायको महत्वपुर्ण साँस्कृतिक विशेष सामग्री हो।किरात समुदायमा राईहरुले जन्मदेखि मृत्युसम्मको महत्वपूर्ण सँस्कारमा चिण्डोको प्रयोग हुन्छ। चिण्डो मुन्धुमी धामीको विशेष हातियार पनि हो।

यसलाई राई समुदायमा पितृ, साकेला पुजा लगायदका विशेष पुजाहरुमा राईहरुले प्रयोग गर्ने गर्दछन। चिण्डोको प्रतिमा राखिएको बुद्ध चोकको नाम भने बुद्ध चोक नै रहने स्थानीय वडा कार्यालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...