News Portal

  • धरानमा लकडाउनको मोडालिटी परिवर्तन, चहलपहल भिडभाड बढेको छ

    दिउँसो २ बजेसम्म बजार खुल्ने

    हिमाली संचार संवाददाता
    ३१८ पटक
    २०७७ जेठ २६, सोमवार

    धरान । लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने माग बढ्दै गएपछि धरान उपमहानगरपालिका धरानले समय तालिका बनाएर बजार खोल्ने निर्णय गरेको छ ।  केही दिन अघि सुनसरी उद्योग वाणिज्य संघमा उपमहानगरपालिका व्यक्तिहरु सहित व्यवसायीहरुको छलफलमा लकडाउनको विषयमा अध्ययन गर्न समिति गठन भएको थियो । 

    प्रमुख जिल्ला अधिकारी, वीपी प्रतिष्ठानका चिकित्सकहरु सहित प्रदेश तथा संघीय संसदहरुवीच भएको छलफलमा नगरपालिका उद्योग वाणिज्य संघबिच बैठक बसेर निर्णय लिएको थियो । सोही अनुसार बसेको बैठकले धरान नगरमा  २ सिफ्टमा बजार खुलाउने निर्णय गरेको छ । 

    बैठकले तरकारी र खाद्यान्न पसल बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न दिने निर्णय गरेको छ भने बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अन्य पसलहरु खोल्न पाउनेछन् । तर, ब्युटीपार्लर, सैलुन, होटलहरु भने खोल्न नपाइने बैठकको निर्णय छ । खुलेका पसलहरुमा अनिवार्य सुरक्षा सतर्कता अपनाउनु पर्ने र सामाजिकदूरी कायम गर्नु पर्ने संघका अध्यक्ष गिरीधारी सापकोटाले बताएका छन् । 

    प्रतिवेदन अनुसार ब्यूटी पार्लर तथा सैलुन, जिमहल, सिनेमाहल, होटल तथा लज, रेष्टुरेन्ट एण्ड बार, दोहोरी डान्स बार तथा ठेलामा राखि विक्री गरिने चटपटे, पानीपुरी तथा फाष्टफुडका सामग्रीहरु अर्काे निर्णय नहुन्जेलसम्मका लागि नखोलिने निर्णय भएको कार्यसमितिका सदस्य विष्णु बरालले बताए ।  बैठकले बैंक तथा वित्तीय संस्थाहरु प्रत्येक दिन नै खोल्ने निर्णय पनि गरेको छ भने टेम्पो, सफारीहरु सञ्चालन नगर्ने निर्णय गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गृह मन्त्रालयमा दुर्गा प्रसाईं समूहको २७ बुँदे मागपत्र बुझाइयो

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...

    सरकार र दुर्गा प्रसाईं समूहबीच गृह मन्त्रालयमा वार्ता जारी

    काठमाडौं, कार्तिक २६ – विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको समूह र सरकारले बुधबार बिहानदेखि...

    आज २०८२ साल कार्तिक २६ गतेको राशिफल

    आज कार्तिक २६, २०८२ (नोभेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    एक समय न निदाउने पिटोरिया अब सुनसान नेपालले सिक्नुपर्ने पाठ

    धिरेन सुवेदी कुवेत –  दक्षिण अफ्रिकाको राजधानी पिटोरिया, जो एक समय “कहिल्यै न निदाउने शहर”...

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...