News Portal

अर्थमन्त्रीलाई हटाउन नेकपाभित्रै दबाब

हिमाली संचार संवाददाता
५४७ पटक
२०७७ जेठ २५, आईतबार

काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडालाई हटाउन नेपाल कम्युनिस्ट पार्टीभित्र दबाब बढेको छ। सत्तारुढ दलभित्रै उनको चर्को आलोचना हुन थालेसँगै दबाब बढेको हो।

बजेटमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशनसम्बन्धी एमसीसी घुसाइएको भन्दै खतिवडाको नेकपाभित्रबाट चर्को आलोचना भइरहेको छ। राजनीतिक पृष्ठभुमिका नभएकाले जिम्मेवार नदेखिएको टिप्पणीहरु भएका छन्।

आज संसदमा बजेटबारे दफावार छलफलका क्रममा नेकपा सांसद नविना लामाले अर्थमन्त्री खतिवडाको आलोचना गरिन्। बजेटको १६६ धारामा सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नति गर्ने जिम्मेवारी निजी क्षेत्रबाट संचालित विद्यालयलाई दिने उल्लेख गरेबाट लामाले खतिवडालाई चुनाव लड्नुनपर्ने भएकाले पार्टी र सरकारलाई समेत अप्ठ्यारोमा पार्ने विषय राखेको टिप्पणी गरिन्। लामा प्रधानमन्त्री ओली निकट मानिन्छिन्।

खतिवडाको नेकपा स्थायी समिति सदस्य भीम रावलले आलोचना गर्दै आएका छन्। एमसीसी बजेटमा घुसाएकोमा रावलको आक्रोश देखिन्छ। रावलले चकलेटमा कर घटाउने र कृषि मलका कर वृद्धि गर्ने गरेको भन्दै खतिवडाको आलोचना गरे।

बजेटमा कर वृद्धि र कम गर्दा कमिशनको खेल भएको विषय चर्को रुपमा उठिरहेको छ। चकलेटमा १० प्रतिशत कर घटाउँदा करोडौंको कमिशनको खेल भएको चर्चा चलिरहेको छ। विराटनगरको सांघाई ग्रुपसँग मिलेर कर घटाएर चलखेल गरेको आरोप खतिवडामाथि लागेको छ।

यसैगरी, कृषि मलको कर वृद्धिलाई रहस्यमय मानिएको छ। मल बढी विक्री हुने मौसममा कालाबजारीले मल भित्राइसकेको र कर वृद्धि गरी मुल्य चर्को बनाएर लाभ लिने नियत देखिन थालेको छ। मलको हाहाकार गराउने समुह अहिले सक्रिय भइसकेको छ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...