News Portal

अर्थमन्त्रीलाई हटाउन नेकपाभित्रै दबाब

हिमाली संचार संवाददाता
४९० पटक
२०७७ जेठ २५, आईतबार

काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडालाई हटाउन नेपाल कम्युनिस्ट पार्टीभित्र दबाब बढेको छ। सत्तारुढ दलभित्रै उनको चर्को आलोचना हुन थालेसँगै दबाब बढेको हो।

बजेटमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशनसम्बन्धी एमसीसी घुसाइएको भन्दै खतिवडाको नेकपाभित्रबाट चर्को आलोचना भइरहेको छ। राजनीतिक पृष्ठभुमिका नभएकाले जिम्मेवार नदेखिएको टिप्पणीहरु भएका छन्।

आज संसदमा बजेटबारे दफावार छलफलका क्रममा नेकपा सांसद नविना लामाले अर्थमन्त्री खतिवडाको आलोचना गरिन्। बजेटको १६६ धारामा सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नति गर्ने जिम्मेवारी निजी क्षेत्रबाट संचालित विद्यालयलाई दिने उल्लेख गरेबाट लामाले खतिवडालाई चुनाव लड्नुनपर्ने भएकाले पार्टी र सरकारलाई समेत अप्ठ्यारोमा पार्ने विषय राखेको टिप्पणी गरिन्। लामा प्रधानमन्त्री ओली निकट मानिन्छिन्।

खतिवडाको नेकपा स्थायी समिति सदस्य भीम रावलले आलोचना गर्दै आएका छन्। एमसीसी बजेटमा घुसाएकोमा रावलको आक्रोश देखिन्छ। रावलले चकलेटमा कर घटाउने र कृषि मलका कर वृद्धि गर्ने गरेको भन्दै खतिवडाको आलोचना गरे।

बजेटमा कर वृद्धि र कम गर्दा कमिशनको खेल भएको विषय चर्को रुपमा उठिरहेको छ। चकलेटमा १० प्रतिशत कर घटाउँदा करोडौंको कमिशनको खेल भएको चर्चा चलिरहेको छ। विराटनगरको सांघाई ग्रुपसँग मिलेर कर घटाएर चलखेल गरेको आरोप खतिवडामाथि लागेको छ।

यसैगरी, कृषि मलको कर वृद्धिलाई रहस्यमय मानिएको छ। मल बढी विक्री हुने मौसममा कालाबजारीले मल भित्राइसकेको र कर वृद्धि गरी मुल्य चर्को बनाएर लाभ लिने नियत देखिन थालेको छ। मलको हाहाकार गराउने समुह अहिले सक्रिय भइसकेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...