News Portal

नवलपरासीमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप, ६ प्रहरी र ४ स्थानीय घाइते

नवीन पौडेल
५९३ पटक
२०७७ जेठ २५, आईतबार

नवलपरासी – पश्चिम नवलपरासीको भारतीय सिमावर्ती बसहीयामा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ। प्रतापपुर गाउँपालिका ५ बसहीया नाकामा भारतबाट सामान ल्याउने क्रममा रोक्न खोजेपछि झडप भएको हो। झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते भएका छन्।

सशस्त्र प्रहरीका एसपी भरत खनियाँका अनुसार अवैधरुपमा सामान नेपालतर्फ पुर्‍याउन खोज्ने समूहलाई रोक्नेक्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि ६ राउन्ड हवाई फायरसमेत गरिएको छ।

‘लकडाउनको समयमा नेपाल भारत सीमा बन्द छ। यस्तो समयमा भारतबाट भन्सार छलेर सामान ल्याएपछि रोक्नेक्रममा सुरक्षाकर्मीको अस्थायी बिट भत्काएपछि झडप भएको हो। ’

झडपको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। ढुंगामुढा प्रहार गर्दै अस्थायी बिटमा आक्रमण हुँदा सुरक्षाकर्मी घाइते भएका हुन्। ४ स्थानीय पनि घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ।

स्थानीयले भने खेती लगाउनका लागि रासायनिक मल ल्याउँदा रोकेको र सोहीक्रममा गोली चलाएको बताए। स्थानीयले गुलेलीले आक्रमण गरेका थिए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...