News Portal

जनता समाजवादी पार्टीमा तीन जना अध्यक्षमा विवाद !

हिमाली संचार संवाददाता
६६७ पटक
२०७७ जेठ २५, आईतबार

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) मा पाँच पदाधिकारी रहने टुंगो लागेको छ। जसमा तीन जना अध्यक्ष रहने छन्। महन्थ ठाकुर, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष रहने निर्णय भएको स्रोतले जानकारी दिएको छ।

यस्तै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई पनि पदाधिकारी रहने छन्। बाँकी सबैको नाम मात्रै पठाइने भएको छ। जसपा नेताहरू दल दर्ताका लागि केहीबेरमा निर्वाचन आयोग जाँदैछन्।

१० बैशाखमा समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच भएको एकीकरण सहमतिअनुसार आयोगमा निवेदन दर्ता गर्न जान लागेको समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए।

राजनीतिक दल सम्बन्धी ऐनमा एकीकरण वा गाभिने घोषणा गरेको ४५ दिनभित्र सम्झौताको प्रतिलिपी संलग्न गरेर निर्वाचन आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ। जसपाले सम्झौता गरेको शनिबार ४५ दिन पुगेको थियो।

जसपाको अध्यक्षमा किन अटाएनन् बाबुराम ?

तर हिजो शनिबार परेकाले आजसम्म निवेदन दिने म्याद बाँकी थियो। ऐनमा दुई वा सो भन्दा पार्टीले सम्झौता गरी एकीकरण हुन वा गाभिन सक्ने, एकीकरणको सम्झौता भएको पैँतालीस दिन भित्र एकीकरण हुने वा गाभिने दलले आफ्नो विधान, केन्द्रीय समितिको निर्णय र सम्झौताको प्रतिलिपी संलग्न गरी आयोगमा निवेदन दिनुपर्ने व्यवस्था छ।

निवेदनमा त्यस्ता दलमध्ये कुनै दलको नाममा गाभिने वा नयाँ नाममा एकीकरण हुने कुरासमेत खुलाउनु पर्ने र निवेदनमाथि आयोगले आवश्यक जाँचबुझ गरेर दल दर्ताको प्रमाणपत्र दिने प्रावधान छ।

प्रतिकृया दिनुहोस्

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...