News Portal

  • हरियो मकैले धानेको बुढ्यौलीः ‘सम्पत्तिमा सबैको हाई–हाई विपत्तिमा कोही छैन दाजुभाइ’

    हिमाली संचार संवाददाता
    ५८५ पटक
    २०७७ जेठ २५, आईतबार

    चिप्लेढुङ्गा – पोखरा महानगरपालिका–१७ स्थित एक पर्खालमा दुईतिर टेको लगाएर पानीबाट जोगिन प्लाष्टिकले बेरेर ओत बनाइएको छ। त्यही ओतमुनि केही हरिया मकै आगोको भुङ्ग्रोमा ओल्टाइपल्टाई गर्दै ग्राहकको पर्खाइमा हुनुहुन्छ एक वृद्धा महिला । विगत १० वर्षदेखिको एउटै दिनचर्यासँगै बितिरहेको छ उहाँको दैनिकी।

    उमेरले ८२ वर्ष पुगेको बताउनुहुने उहाँ अरुको सहारामा हुर्केबढेकाले नाम पनि सहारा क्षेत्री रहेको बताउनुभयो। “म जन्मेको एक महिनामा आमा बित्नुभयो रे, जसले भेट्यो उसले पाले । अरुको सहाराबाटै हुर्कैँदै गएँ। मलाई सहारा दिने आमाको मामाकी छोरीले १६ वर्षमा घर बनाउने काम गर्ने एउटा मान्छेसँग बिहे गरिदिइन्। उसको घर काठमाडौँको छेउ पर्छ रे तर, श्रीमान्ले कहिल्यै घर लगेनन्। घरमा सौता छोराछोरी पनि छन् रे । मलाई यता (पोखरा) ल्याए, दशकअघि बूढा पनि मरे, चार छोराछोरीले आफ्नै सुर गरे।”

    आगोको भुङ्ग्रोमा दाउरा झोस्दै क्षेत्रीले भन्नुभयो, “भाग्यले ठगेकाहरुलाई सधैँ दुःख मात्र लेखेको हुन्छ, कर्म गरेर पनि कहाँ सुख मिल्छ र नानी, पाखुराले साथ दिएसम्म दुःख गरेर खान्छु, नसक्ने दिन ईश्वरको भर।” जीवनसँग निराश भए पनि बाँच्नुको विकल्पमा परिश्रमसँग जोडिनुभएकी क्षेत्री छोराछोरीका बारेमा केही बोल्न चाहनुभएन।

    निकै भारी मन गर्दै उहाँले भन्नुभयो, “छोराछोरीको कुरै नगर, जन्माएँ, दुःखले हुर्काएँ, अहिले कसैले हेर्दैनन्, बिरामी भएर अस्पताल भर्ना हुँदा पनि कसैले फोन उठाएनन्। दुई छोरा, दुई छोरी जन्माएँ, कोही नारायणघाट छन् कोही हेटाँैडा होलान् कुन्नि, बिरामी हुँदा वास्ता नगर्ने सन्तानलाई जन्माएकी हुँ भनेर किन सम्झनु ?”‘मनको पीडा कसलाई सुनाउनु, आफ्नो पीडा आफैँसँग छ’ भन्दै उहाँले एक गाँस खानाका लागि बिहानदेखि बेलुकासम्म तातो भुङ्ग्रोमा पसिना बगाउनुपरेको सुनाउनुभयो।

    पोखराको घारिपाटन कृष्णमन्दिर छेऊको एक घरमा रु दुई हजार ५०० कोठाभाडा तिरेर बस्दै आउनुभएकी क्षेत्रीले अरुले मकै र दाउरा ल्याइदिने एकै ठाउँमा बसेर बेच्ने गरेको बताउनुभयो। “मकै कहिले रु १३/१४ मा ल्याइदिन्छन्। पोलेर रु ४० मा बेच्छु, दाउरा पनि एउटा बाबुले ल्याइदिन्छ, सबैलाई गुहार माग्दै चलाएकी छु।

    दिनको २५÷३० मकै बेच्छु, कहिले त बिक्दैन, भाडा तिर्न गाह्रो भएको छ।” क्षेत्रीले रक्तचापको समस्या भएकाले सरसापट गरेर दुई दिनअघि मात्रै रु एक हजार ३०० को औषधि किनेर खाइरहेको बताउनुभयो। हप्ताको एक दिन चर्चमा गएर दिन बिताउने गरेको सुनाउँदै भन्नुभयो, “सम्पत्तिमा सबैको हाई–हाई विपत्ति कोही छैन दाजुभाइ।”

    बाटोमा सधैँै मकै बेचिरहेको देख्दा सम्भव भएसम्म मकै खरिद गरिदिने गरेको काँग्रेस नेतृ सरस्वती गुरुङले बताउनुभयो । “यो बाटोमा सधैँ आमाले मकै पोलेको देख्छु  समय मिलेसम्म धेरथोर पोलेका र काँचो मकै किनेर लाने गर्छु।” बूढेसकालमा छोराछोरी आफन्तको साथमा रमाएर बिताउनुपर्ने समय आगोमा पसिना बगाउँदै सङ्घर्ष गर्नुभएकी आमाको दुःखले मन बिझाउने गरेको गुरुङले बताउनुभयो।

    घारीपाटनका गणेश थापाले बूढेसकालमा पनि दुःख गरेर कसैको सहाराबिना परिश्रम गरेर बाँचिरहेको बताउनुभयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...

    चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

    चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य...