News Portal

कामदार फिर्ता पठाउन स्पष्ट खाका माग

हिमाली संचार संवाददाता
५६१ पटक
२०७७ जेठ २५, आईतबार

काठमाडौँ – वैदेशिक रोजगारीको गन्तव्य मुलुकमा रहेका नेपाली राजदूतहरूले गन्तव्य देशबाट नागरिक पठाउन सरकारसँग स्पष्ट खाका पठाउन आग्रह गर्नुभएको छ। सरकारले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नागरिकलाई प्राथमिकताका आधारमा ल्याउन सुरु गरेको अवस्थामा आफूहरूले पनि तयारी गर्नुपर्ने भन्दै उक्त आग्रह गर्नुभएको हो।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा सरकारले चार्टर्ड उडानमार्फत ल्याउन सुरु गरेको छ।

राजदूतहरूले कहिलेदेखि र कति सङ्ख्यामा फर्काउनेबारे स्पष्ट आधार वा खाका कम्तीमा एक हप्ता अगाडि दूतावासलाई उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको छ।

श्रम, रोजगार पत्रकार समूहले आयोजना गरेको भर्चुअल छलफलमा सहभागी साउदी अबरका लागि नेपालका राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुत, मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डे र कतारका लागि नेपालका राजदूत नारद भारद्वाजले सरकारसँग यस्तो आग्रह गर्नुभएको हो।

कहिलेसम्म फर्काउने ? उडान खर्च कति लाग्ने ? कोभिड–१९ को परीक्षण कहाँ र कुन परीक्षण गर्नुपर्ने हो तत्काल स्पष्ट जानकारी उपलब्ध गराउन पनि उहाँहरूले माग गर्नुभयो।

राजदूत राजपुतले साउदी दूतावासमा हालसम्म १० हजार व्यक्तिले स्वदेश जानका लागि आवेदन दिइसकेको र अहिले पनि दैनिक एक÷डेढ सय व्यक्तिले निवेदन दिइरहेको जानकारी दिनुभयो।

राजदूत पाण्डेले चार्टर्ड उडान महँगो पर्ने हुनाले निश्चित समय तोकेर नियमित उडान खुलाउन सरकारसँग आग्रह गर्नुभयो। उहाँले धेरै कम्पनीले श्रमिकलाई घर फर्किने टिकट यसअघि नै दिइसकेको र टिकट फिर्ता गरेर रकम लिन सम्भव नहुने हुँदा नियमित उडाउन खुलेको खण्डमा धेरै सहज हुने बताउनुभयो।

राजदूत भारद्वाजले कतारमा कोरोना परीक्षण सरकारी अस्पतालको पनि ६/७  वटा प्रयोगशालाबाट मात्रै भएकाले त्यसको परीक्षण गर्न हाम्रो पहुँच नपुग्ने बताउनुभयो।

यसको परीक्षणको विषयमा कतार सरकारसँग हामीले गरेको आग्रहमा नेपाल जाने नागरिकको आरडीटी र पीसीआर परीक्षण सम्भव नभएको जवाफ पठाएको पनि उहाँले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...