News Portal

नेपालगञ्जका कोरोना संक्रमित पत्रकार र नर्स डिस्चार्ज भए

कोरोना जित्ने पत्रकार र नर्स भन्छन्, ”कोरोना भन्दा डरलाग्दो समाजको मनोवैज्ञानिक त्रास जित्न जरुरी छ“

हिमाली संचार संवाददाता
५०६ पटक
२०७७ जेठ २४, शनिवार

काठमाण्डौ – नेपालगन्ज शनिबार बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर प्रखर अस्पतालको आइसोलेसनबाट नेपालगन्ज र नरैनापुरका दुई पुरुष र दुई महिला कोरोना एकैदिन निको भएर घर फर्के त्यसैमध्ये थिए, एक पत्रकार र नर्स दम्पत्ति।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार र नर्सलाई कोरोना संक्रमण भएको पुष्टि नहुँदै उनीहरु अघिल्लो दिन नै आइसोलेसनमा पुगेका थिए। आफ्नो विषयमा जनप्रतिनिधिले चासो नदिएको भनेर संक्रमित पत्रकारले टिप्पणी समेत गरेका थिए।

अस्पतालबाट डिस्चार्ज हुने वेला भने खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपति र नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले खजुरा पुगेर फुलगुच्छाले स्वागत गरेका थिए।

नेपालगन्ज उपमहानगरपालिका २ निवासी स्वास्थ्यकर्मी र पत्रकारले कोरोना जितेकोमा सामाजिक सञ्जाल, फोन र भेटेर बधाइ दिनेको ओइरो लागेको थियो। उनीहरु आफ्नै टोलमा पनि छिमेकीले स्वागत गरेका थिए।

संक्रमण अवधिभर दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य अधिकारीले जानकारी दिए। उनीहरुका अनुसार स्वास्थ्य सुरक्षा उपाय अपनाउन कुनै कसर बाँकी राखेनौं। त्यसैले कोरोना जित्यौं।

कोरोनासँग लड्न सजिलो छ, जितिन्छ। कोरोना रोगभन्दा समाजको मनोविज्ञान त्रास सबैभन्दा डरलाग्दो रहेछ। यसलाई पनि जित्न जरुरी छ। 

हालसम्म नेपालमा ३ हजार २ सय ३५ जना संक्रमित भएका छन् भने, १३ जनाको मृत्यु र ३ सय ६५ जना निको भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...