News Portal

अर्थमन्त्रीप्रति कटाक्ष – चकलेट बाँड्दै हुनुहुन्छ कि !

हिमाली संचार संवाददाता
४४७ पटक
२०७७ जेठ २४, शनिवार

काठमाडौं – सांसदहरूले अर्थमन्त्री युवराज खतिवडाले व्यवसायीहरूलाई लकडाउनकै बीचमा कर तिर्न निर्देशन दिएकोमा विरोध गरेका छन्।

सँगसँगै विद्युतीय गाडीमा बढेको कर, चकलेटको करलगायतका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गरेका छन्।

कांग्रेसका सांसद अमरेश कुमार सिंहले भने, ‘संयोगले कृषि मन्त्री हुनुहुन्छ। स्वास्थ्यमन्त्री, पर्यटन र श्रममन्त्री पनि हुनुहुन्छ। अर्थमन्त्री हुनुहुन्न्न। सायद चकलेट बाँड्न जानु भएछ।

अर्थमन्त्रीजीलाई लाग्छ होला कि यो संसदमा सांसदहरूलाई चकलेट नखुवाएको कारणले गर्दा यिनीहरूले हल्ला गरेका छन्।’

सरकारले चकलेटमा लाग्ने भन्सार १० प्रतिशत घटाएको छ। यसअघि सबै किसिमका चकलेटमा ४० प्रतिशत भन्सार लाग्ने गरेकोमा यहि जेठ १६ गतेदेखि केही चकलेटमा १० प्रतिशत भन्सार कम गरेको हो।

नेकपाका सांसद भवानीप्रसाद खापुङले पनि चकलेटमा कर घटाउनुपर्ने आवश्यकता के पर्‍यो ? भनेर सोधेका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूची आफैं पेश गर्ने तयारी

काठमाडौँ, पुष १४ – मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी रास्वपा र बालेनसँगको एकता...