News Portal

अर्थमन्त्रीप्रति कटाक्ष – चकलेट बाँड्दै हुनुहुन्छ कि !

हिमाली संचार संवाददाता
४९९ पटक
२०७७ जेठ २४, शनिवार

काठमाडौं – सांसदहरूले अर्थमन्त्री युवराज खतिवडाले व्यवसायीहरूलाई लकडाउनकै बीचमा कर तिर्न निर्देशन दिएकोमा विरोध गरेका छन्।

सँगसँगै विद्युतीय गाडीमा बढेको कर, चकलेटको करलगायतका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गरेका छन्।

कांग्रेसका सांसद अमरेश कुमार सिंहले भने, ‘संयोगले कृषि मन्त्री हुनुहुन्छ। स्वास्थ्यमन्त्री, पर्यटन र श्रममन्त्री पनि हुनुहुन्छ। अर्थमन्त्री हुनुहुन्न्न। सायद चकलेट बाँड्न जानु भएछ।

अर्थमन्त्रीजीलाई लाग्छ होला कि यो संसदमा सांसदहरूलाई चकलेट नखुवाएको कारणले गर्दा यिनीहरूले हल्ला गरेका छन्।’

सरकारले चकलेटमा लाग्ने भन्सार १० प्रतिशत घटाएको छ। यसअघि सबै किसिमका चकलेटमा ४० प्रतिशत भन्सार लाग्ने गरेकोमा यहि जेठ १६ गतेदेखि केही चकलेटमा १० प्रतिशत भन्सार कम गरेको हो।

नेकपाका सांसद भवानीप्रसाद खापुङले पनि चकलेटमा कर घटाउनुपर्ने आवश्यकता के पर्‍यो ? भनेर सोधेका छन्।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...