News Portal

पेश्की रकम: नैतिक संकटमा दिनेश प्रतिष्ठान, चर्को दबाबमा डिभिजन वन कार्यालय सुर्खेत !

हिमाली संचार संवाददाता
९७० पटक
२०७७ जेठ २४, शनिवार

सुर्खेत – चौतर्फी बिरोध भएपछि क्याप्टेन दिनेश स्मृति प्रतिष्ठानको निर्माण कार्य रोक्न नगरपालिकाले डिभिजन वन कार्यालयलाई पत्र काटेपछि डिभिजन वन दबाबमा परेको छ।

बीरेन्द्रनग नगरपालिकाले नगरविकास समिति सुर्खेतको स्वामित्वमा रहेको घन्टाघर पश्चिमा रहेको जग्गा कुनैपनि कानुनी पकृया नपुराई हचुवाको भरमा बीरेन्द्रनगर नगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर स्मृति प्रतिष्ठानको निर्माण गर्न अनुमति दिएपछि यसको चर्को विरोध थियो।

डिभिजन वन कार्यलयले नियम कानुन विपरित दिनेश स्मृति प्रतिस्ठानको उपभोक्ता समुहलाई कानुन विपरित पेश्की स्वरुप ९ लाख रुपैया प्रदान गरिसकेको छ। सामान्यतया उपोभक्ता समुहलार्इ काम गरेको आधारमा रनिङ विल पेसभएपछि मात्र रकम दिने गरिन्छ।

तर डिभिजन वन कार्यलयले सुर्खेतका प्रमुख गोविन्द्रप्रसाद दाहालको ठाडो आदेशमा उपभोक्ता समितिलाई नौ लाख रुपैया प्रदान गरिएको हो। दिनेश स्मृति प्रतिष्ठानलाई दिएको जग्गामा कानुनी प्रश्न उठेपछि सो जमिनमा पार्क नबन्ने निश्चित जस्तै बनेको छ।

अहिले सो स्थानमा भएको जग्गाको काम र आशिक कार्यको कुनैपनि प्राविधिकले कामको मुल्याङकन नगरी विल रकम उठाउने हिक्मत नगरेको खण्डमा सो रकम कानुनी हिसावमा सरकारी रकम भ्रस्ट्राचार भएको ठहरिन्छ भने सो पेश्की वापतको रकम दिनेश स्मृति प्रतिस्ठानले स-सम्मान डिभिजन वन कार्यलयलाई फिर्ता गराउनुपर्ने हुन्छ।

यस्तै रकम फिर्ता नभएमा डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्रप्रसाद दाहालका विरुद्ध् अख्तियार दुरुपयोगमा मुद्धा दायर गर्ने र सरकारी पैसा कुनैपनि हालतमा दुरुपयोग हुन नदिने स्थानियवासीहरुले बताएपछि डिभिजन वन यतिवेला दबाबमा रहेको छ।

यता प्रस्ठानलाई दिएको जग्गा कानुनी आधार नभएपछि सो क्षेत्रमा भएको थोरै कामको रनिङ विल उठाऊन कुनै प्राविधिक पनि तयार नहुने देखिन्छ।

प्रतिकृया दिनुहोस्

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...