News Portal

सिम्ता गाउँपालिकाको सुर्यज्योति माविको क्वारेन्टाइनमा ३ जनामा आरडीटि पोजेटिभ, पिसीआर गरेर मात्र घर पठाउन माग

हिमाली संचार संवाददाता
६१३ पटक
२०७७ जेठ २४, शनिवार

सुर्खेत – सिम्ता गाउँपालिकाको वडा १ स्थित सुर्यज्योति माविको क्वारेन्टाइनमा बसेकाहरु मध्य ३ जनाको आरडीटि पोजेटिभ देखिएको छ। उक्त गाउँपालिकाका ८८ जनामा परिक्षण गरिएको थियो।

आरडीटि बिधिको विश्वसनीय नभएका कारण पोजेटिभ आउदा पनि क्वारेन्टाइनमा बसेकाहरु त्रसित भएका छैनन्। सुर्खेतको पन्चपुरी स्थित २० वर्षीय युवामा आरडीटि नेगेटिभ आएर क्वारेन्टाइनबाट घर गएको र एक दिन नबित्दै मृत्यु भएपछि पिसीआर चेकजाँच गर्दा कोभिड-१९ संक्रमण पुष्ठि भएको थियो।

आरडीटि(RDT) परिक्षणले थप अन्यौलता सिर्जना गरेको छ। सुर्खेत सिम्ताका स्थानीयहरुले पिसीआर(PCR) चेकजाँच गरेर मात्र क्वारेन्टाइनमा बसेकाहरूलाई घर पठाउन माग गरेका छन्।

युवा नेता रविकिरण हमालले भनेका छन् “आरडीटि नेगेटिभ देखिएर क्वारेन्टाइनबाट घर गएकाहरुले सबैतिर फैलाउन सक्छन् जसले गर्दा महामारी फैलिएर राज्यलाई धेरै भार पर्छ, त्यसैले क्वारेन्टाइन अबधि बढाएर भएपनि पिसीआर बिधिबाट चेक गरेर मात्र घर पठाउनुपर्छ”।

उनले देशका ७ सय ५३ वटै स्थानीय तहमा पिसीआर मेसिम जडान गर्न समेत माग गरेका छन्। नेपालमा कोरोना संक्रमणको संख्या ह्वात्तै बढ्ने खतरा देखिएको छ।

सिम्ता गाउँपालिकाबाट पठाएको स्वाब एकहप्ता बितिसक्दा पनि नआएको कारण आरडीटि विश्वसनीयता नभएपनि गर्नुपर्ने अबस्थामा आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले बताए।

सुर्खेतका स्थानीय तहहरुले प्रदेश सरकारले कोरोना नियन्त्रणका लागी उचित कदम नचालेको आरोप लगाउदै आएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...