News Portal

धरानमा डिएसपी न्यौपानेले चलाएको कार दुर्घटना

हिमाली संचार संवाददाता
५७९ पटक
२०७७ जेठ २४, शनिवार

धरान – धरान जिल्ला प्रशासन कार्यालय सुनसरीले उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेका इलाका प्रहरी कार्यालय धरानबाट सरुवाको रवाना बुझिसकेका डिएसपी ढुण्डीराज न्यौपानेले चलाएको एक ब्यापारीको कार ध्वस्तै हुनेगरी दुर्घटना भएको स्थानीयले बताएका छन्।

गतरात अत्याधिक मादक पदार्थ सेवन गरेका डिएसपी न्यौपानेले धरान-८ भोटेपुलको गोरखा डिपार्टमेन्ट स्टोर अगाडी उक्त कार दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। डीएसपी न्यौपानेले चलाएको कार धरानका ब्यापारी गोपाल श्रेष्ठको हो।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार कार डिएसपी न्यौपाने आफैंले चलाएका थिए। धरान–८ स्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडी राती करिब ९ बजेको समयमा बिजुलीको पोलमा अनियन्त्रित भई बा १० च ८०९६ नम्बरको कार दुर्घटना भएको हो।

दुर्घटनाबाट कुनै मानविय क्षती नभएपनि कारको अग्रभागमा भने ठूलै क्षति पुगेको छ। दुर्घटना भएको कार करीब १ घण्टापछि सवा १० बजेको समयमा ईलाका प्रहरी कार्यलयको गाडीले तानेर लगेको थियो।

इलाका प्रहरी कार्यालयका नयाँ डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार डिएसपी न्यौपाने सकुशल रहेको बताएका छन्। उनका अनुसार गाडीको टायर पञ्चर भएर सामान्य दुर्घटना भएको जिकिर गरे।

‘गुडीरहेको बेला एक्कासी टायर पञ्चर भएर विजुलीको पोलमा ठोकीएको रहेछ। उहाँ सकुशल हुनुहुन्छ। डिएसपी न्यौपानेको मोबाइल भने अफ रहेको छ।

धरानमा शान्ति सुव्यवस्था कायम गरेको भन्दै जेठ २१ गते जिल्ला प्रशासन कार्यालयले सम्मान गरेको थियो भने, विभिन्न संघसंस्थाले पनि सम्मानपूर्वक विदाइ गरेका थिए।

करिब १३ महिना इलाका प्रहरी कार्यालय धरानको प्रमुख भएर बसेका डिएसपी न्यौपानेले धरानका उद्योगी, ब्यापारी, राजनीतिक दल र केही धरानका युवाहरुसँग राम्रो मित्रता कायम गरेका थिए।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...