News Portal

धरानमा डिएसपी न्यौपानेले चलाएको कार दुर्घटना

हिमाली संचार संवाददाता
५३३ पटक
२०७७ जेठ २४, शनिवार

धरान – धरान जिल्ला प्रशासन कार्यालय सुनसरीले उत्कृष्ट काम गरेको भन्दै सम्मान गरेका इलाका प्रहरी कार्यालय धरानबाट सरुवाको रवाना बुझिसकेका डिएसपी ढुण्डीराज न्यौपानेले चलाएको एक ब्यापारीको कार ध्वस्तै हुनेगरी दुर्घटना भएको स्थानीयले बताएका छन्।

गतरात अत्याधिक मादक पदार्थ सेवन गरेका डिएसपी न्यौपानेले धरान-८ भोटेपुलको गोरखा डिपार्टमेन्ट स्टोर अगाडी उक्त कार दुर्घटना भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। डीएसपी न्यौपानेले चलाएको कार धरानका ब्यापारी गोपाल श्रेष्ठको हो।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार कार डिएसपी न्यौपाने आफैंले चलाएका थिए। धरान–८ स्थित गोर्खा डिपार्टमेन्ट स्टोर अगाडी राती करिब ९ बजेको समयमा बिजुलीको पोलमा अनियन्त्रित भई बा १० च ८०९६ नम्बरको कार दुर्घटना भएको हो।

दुर्घटनाबाट कुनै मानविय क्षती नभएपनि कारको अग्रभागमा भने ठूलै क्षति पुगेको छ। दुर्घटना भएको कार करीब १ घण्टापछि सवा १० बजेको समयमा ईलाका प्रहरी कार्यलयको गाडीले तानेर लगेको थियो।

इलाका प्रहरी कार्यालयका नयाँ डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार डिएसपी न्यौपाने सकुशल रहेको बताएका छन्। उनका अनुसार गाडीको टायर पञ्चर भएर सामान्य दुर्घटना भएको जिकिर गरे।

‘गुडीरहेको बेला एक्कासी टायर पञ्चर भएर विजुलीको पोलमा ठोकीएको रहेछ। उहाँ सकुशल हुनुहुन्छ। डिएसपी न्यौपानेको मोबाइल भने अफ रहेको छ।

धरानमा शान्ति सुव्यवस्था कायम गरेको भन्दै जेठ २१ गते जिल्ला प्रशासन कार्यालयले सम्मान गरेको थियो भने, विभिन्न संघसंस्थाले पनि सम्मानपूर्वक विदाइ गरेका थिए।

करिब १३ महिना इलाका प्रहरी कार्यालय धरानको प्रमुख भएर बसेका डिएसपी न्यौपानेले धरानका उद्योगी, ब्यापारी, राजनीतिक दल र केही धरानका युवाहरुसँग राम्रो मित्रता कायम गरेका थिए।

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...