News Portal

बाँदरमुढे घटनाको १५ वर्ष: पीडितले अझै न्याय पाएनन् !

हिमाली संचार संवाददाता
५४४ पटक
२०७७ जेठ २४, शनिवार

काठमाडौँ – सशस्त्र द्वन्द्वका समयमा चितवनको माडीस्थित बाँदरमुढे घटना भएको १५ वर्ष पुगे पनि पीडितले अझै न्याय पाउन सकेका छैनन्।

उक्त घटना १५ वर्षअघि २०६२ जेठ २३ गते तत्कालीन माओवादी कार्यकर्ताले सामान्य नागरिक चढेको बसमा विस्फोट गराउँदा ३५ जना सर्वसाधारण र ड्युटीमा नरहेका तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो।

घटनामा ७० भन्दा बढी मानिस घाइते भएका थिए। घाइते शारीरिक तथा मानसिक आघातमा अहिले पनि न्यायको प्रतिक्षामा छन्। उक्त घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी पीडितलाई अझैसम्म सत्य, न्याय र परिपूरण हुन सकेको छैन।

वकालत मञ्च नेपालले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको स्वतन्त्र विज्ञको टोली गठन गरेर औपचारिक फौजदारी अनुसन्धान पुनःआरम्भ गर्न आह्वान गरेको छ।

मञ्चले न्यायको माग गरिरहेका सबै पीडितप्रति ऐक्यबद्धता प्रकट गर्दै घटनामा निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान गर्न तथा पीडित र साक्षीको सुरक्षाका लागि उपयुक्त उपाय अपनाउन आह्वान गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बसमा बम विस्फोट गराइएको घटना ‘सशस्त्र द्वन्द्वको सबभन्दा ठूलो भूल’ भनी स्वीकार गरेको भए पनि यस्ता प्रकृतिका घटना नदोहोरिनका लागि कुनै पनि उपाय अपनाउन सकेको देखिँदैन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...