News Portal

जाजरकोट हिडेका दुई पत्रकारलाई गृहमन्त्रीको आदेश भन्दै सल्यानमै रोकेपछी…

हिमाली संचार संवाददाता
६८१ पटक
२०७७ जेठ २३, शुक्रबार

सल्यान – गृहमन्त्री राम बहादुर थापाको आदेश भन्दै २ जना पत्रकारलाई जाजरकोट जान रोकिएको छ। ६ जनाको हत्या भएको सोती हत्याकाण्डको रिपोर्टीङमा जाँदै गरेका दुई जना पत्रकारलाई जाजरकोट पुग्नै नदिई सल्यानको बालुवासंग्रही रोकिएको हो।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशको अध्यक्ष खगेन्द्र सुनार र पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विकलाई गृहमन्त्रीको आदेश भन्दै सल्यान प्रहरीले स्थानिय बालुवासंग्रहीमा रोकेको हो।

‘मास्क खोल्न लगाएर प्रहरीको मोवाइलमा रहेको फोटोसँग अनुहार म्याच गराई रोकियो। हामीसँग गृहमन्त्री र गृहप्रशासन किन यसरी डरायो आश्चर्यमा परेको छु।’

जाजरकोट जानु अघी कर्णाली प्रदेशका डीआइजी वसन्त पन्तले जानलाई कुनै रोकतोक नभएको बताएपछि त्यसतर्फ हिडेको भएपनि उनकै मातहतका प्रहरीले बाटोमा रोकेको जानकारी गराउँदा फोन अफ गरिएको उनले बताए।

दुई जनालाई मात्र बिशेष कारण भन्दै रोकिए पनि ३ वटा सवारीमा साधनमा गएका अन्यलाई भने जान दिइएको उनले बताए। केहि मानवअधिकारवादी र पत्रकार त्यसतर्फ गएका छन्। हाम्राकुराबाट

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...