News Portal

उडान गर्न तयार भयो त्रिभुवन विमानस्थल

चन्द्रबहादुर आले
७४१ पटक
२०७७ जेठ १८, आइतबार

काठमाडौं – कोरोना भाइरसका कारण संसारभर सबैभन्दा बढी प्रभावित क्षेत्र हो हवाई उद्योग। साढे दुई महिनायता व्यवसायिक उडान बन्द हुँदा ठूलो आर्थिक क्षति ब्यहोरेको हवाई क्षेत्र लकडाउन खुल्ने र सरकारबाट उडान सञ्चालनको घोषणाको मितिको पखाईमा छ।

सोही कारण यससँग सम्बन्धित सरोकारवाला निकायले उडान प्रतिवन्ध खुला भएपछि उडान सञ्चालन गर्ने उपायबारे तयारी थालेका छन्। सोही क्रममा नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सामाजिक दूरी कायम गर्नेदेखि उडानका सबै प्रक्रिया व्यवस्थित गराउने गरी भौतिक संरचना निर्माणको तयारी पूरा भएको छ।

अब विमानस्थलमा एक अर्को यात्रु कम्तीमा एक मिटरको दूरीमै उभिनुपर्नेछ। कर्मचारी र यात्रुबीच भौतिक रुपमा पनि उत्तिकै दूरी कायम हुनेछ। यसले कोरोनाको त्रास कम नभएसम्म हवाई यात्रुको समय भने बढाउने भएको छ।

अन्तर्राष्ट्रिय उडानमा अब साविकको तुलनामा कम्तीमा एक घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने अवस्था आएको छ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले अब विमानस्थल सुरक्षा प्रवन्ध कायम गरी उडान सञ्चालनका लागि तयार भएको जानकारी दिए।

लकडाउन र व्यवसायिक उडान प्रतिबन्धका बीच पनि यस विमानस्थलबाट ६ हजारभन्दा बढी मानिसले यात्रा गरिसकेका छन्। यसबीचमा विमानस्थलमा अत्यावश्यक भौतिक संरचना निर्माणको कामसमेत गरिएको उनले जानकारी दिए।

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन तयारी गरिरहेको छ। यसअवस्थामा विमानस्थल व्यवस्थापन अर्को चूनौतीपूर्ण क्षेत्र हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...