News Portal

छुट्टै संविधान संशोधन दर्ता गर्न राजपाका नेताहरु पुगे संसद सचिवालय

हिमाली संचार संवाददाता
७३६ पटक
२०७७ जेठ १६, शुक्रबार

काठमाडौं – राष्ट्रिय जनता पार्टीका नेताहरु छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका छन्। गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्न संसदीय दलका नेता महन्थ ठाकुरसहित राजपा नेताहरु संसद सचिवालयमा पुगेका हुन्।

‘संशोधन प्रस्ताव दिएर आएका हौं’ नेता केशव झाले भने। सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक शुक्रबार संसद सचिवादयमा दर्ता गरेको छ।

विधेयकबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राजपा नेताहरुले मधेसको माग पनि सम्बोधन गर्न आग्रह गरेका थिए।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...